१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण
अ अ+ अ-

बझाङ । छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताए ।

गाउँमा प्रसस्त सिँचाइको सुविधा र जग्गा जमीन हँुदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुक्त खाना नखाने गरेका कारण बालबालिकाको स्वास्थ्यमा समेत असर परेको उल्लेख गर्दै उनले भने,“हामीसँग भएका खाद्य पदार्र्थ उपयोग गर्न नजानेका कारण पनि समस्यामा छौँ । समय समयमा माछा मासु र मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौँ ।

यो अभियान कुपोषण विरुद्धको हो”, गाउँपालिकाका प्रायः सबैजसोले परम्परागत ढङ्गले खेतीपाती गर्दै आएकाले आर्थिक स्थिति नाजुक हुनाका साथै यसले सुत्केरी महिलामा असर पारेकाले यो कार्यक्रम थालनी गरिएको उनले बताए ।घ्यू, अण्डा, दाल खरीद तथा वितरणका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।

“सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरीको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने आशा हामीले लिएका छौँ”, उपप्रमुख जोशीले भने । सो कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप घ्यू,अण्डा र दाल वितरण गरिएको थियो ।यसैगरी गाउँपालिकाले बीउलगायत विभिन्न सामग्री दिन थालेपछि यहाँका बासिन्दा करेसाबारी बनाउन उत्साहित भएको स्थानीयवासी राजेन्द्र खड्काले बताए ।

उनले भने,“करेसाबारी अनिवार्य गर्ने नियमजस्तै भएको छ । अहिले सबैका बारी हरियाली बन्न थालेका छन् ।” यसै कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेती गर्न चाहनेका लागि प्लाष्टिक घर निर्माण, तालीम र कृषि औजारसमेत अनुदानमा दिनका लागि गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको र आगामी पाँचवर्षभित्र गाउँपालिकालाई कुपोषणमुक्त बनाउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।