१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने महासचिव पोखरेलको दावी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनपछि एमाले मुलुकको पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । 

गत मङ्सिर २५ र २६ गते बसेको एमालेको केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनमा आउने जनमतले एमाले पहिलो शक्ति बन्ने दावी गर्नुभएको हो । अब जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीसँगै आगामी निर्वाचनमा जनतासमक्ष आफ्ना एजेण्डा लिएर जाने उहाँको भनाइ थियो । 

उहाँले पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भीम रावललाई पार्टी अध्यक्षसँग परामर्श गरेर जिम्मेबार दिइने बताउनुभयो । १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र मनोनीत सदस्यहरूलाई पार्टीले जिम्मेवारी बाँडफाँट गरिसकेको छ ।