२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग गर्न वैज्ञानिकको सुझाब



अ+ अ-

काठमाडौं । वैज्ञानिकहरूले देशभरका स्थानीय तहको फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग गर्न सुझाब दिएका छन् । फोहोर व्यवस्थापनमै ठूलो रकम खर्च गरे पनि उपलब्धि नदेखिएको भन्दै उनीहरूले स्थानीय तहलाई उपयुक्त प्रविधिको प्रयोगका लागि ध्यान दिन आग्रह गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले मंगलबार गरेको ‘फोहोर व्यवस्थापन, समस्या र समाधान’ विषयक विज्ञान संवादमा सहभागी वैज्ञानिकले प्रतिष्ठान र विश्वविद्यालयसँग अनुसन्धानका लागि बजेटको अभाव हुँदा प्रविधिको विकासमा समेत समस्या भइरहेको बताए ।

फोहोरबाटै हुन सक्छ आम्दानी
वैज्ञानिकहरूले फोहोर नगर्ने बानीको विकास र फोहोर व्यवस्थापनका उपयुक्त व्यावहारिक ज्ञान अवलम्बन गर्न सके फोहोरबाटै आम्दानीसमेत गर्न सकिनेमा जोड दिए । फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र उपयुक्त ढंगबाट नस्ट नगरिँदा फोहोरका कारण वातावरण प्रदूषित भइरहेको उनीहरूको भनाइ थियो ।

नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले फोहोर जलाएर समस्या समाधान नहुने बताए । ‘हामीकहाँ फोहोर जलाएर नस्ट गर्ने चलन छ, तर त्यो वातावरणका लागि अत्यन्तै हानिकारक छ, यसको विकल्प खोजौँ,’ उनले भने । नास्टकै वैज्ञानिक रवीन्द्र ढकालले नेपालमा रहेको प्लास्टिकजन्य फोहोरबाट इन्धन निकालेर प्रयोग गर्न सकिने बताए ।

उनले नेपालको कुल इन्धन खपतको पाँच प्रतिशत इन्धन प्लास्टिकजन्य फोहोरबाट निकाल्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरे । ‘बाग्मतीको प्लास्टिक झिकेर त्रिशूलीमा मिसाउँदैमा समस्या समाधान हुँदैन, दिगो समाधानका लागि यसको प्रयोग घटाइनुपर्छ, पुनः प्रयोग गरेर इन्धन निकाल्न सकिन्छ,’ उनले भने ।

फोहोर व्यवस्थापनमा कार्य गर्दै आएको ब्लु बेस्ट टु भ्यालु प्रालिका निर्देशक नवीन विकास महर्जनले फोहोर व्यवस्थापन गर्न सके पुनः प्रयोग गरेर आम्दानी लिनेतर्फ ध्यान दिन आग्रह गरे । ‘हामीले कीर्तिपुर र ललितपुरमा काम गरिरहेका छौँ, फोहोरको राम्रो व्यवस्थापन र आम्दानी दुवै गर्न सकिन्छ, कम्पोस्ट प्रविधि मात्र अपनाए पनि १२–१५ प्रतिशत फोहोर मात्रै डम्पिङ हुन्छ,’ उनले भने । वैज्ञानिकहरूले बढ्दो औद्योगिक, अस्पतालजन्य र इलेक्ट्रिक फोहोरको व्यवस्थापनमा पनि बेलैमा ध्यान पुर्याउनुपर्ने सुझाब दिए ।

काठमाडौं फोहोर भयो स् मन्त्री पण्डित
कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यका सबैभन्दा फोहोर बनेको बताए । ‘म ०२८ सालदेखि काठमाडौंमा बसेर यहाँका परिवर्तनलाई देख्दै र भोग्दै आएको छु, यो पढेलेखेका, विद्वान र देशकै ठालू बस्ने ठाउँ हो, तर सबैभन्दा बढी फोहोर पनि यही छ, यसले के संकेत गर्छ ?’ मन्त्री पण्डितले प्रश्न गरे । उनले शिक्षित भनिएकाहरूमै फोहोरचाहिँ आफूले गर्ने, अनि सफाइचाहिँ सरकारले गरिदिनुपर्छ भन्ने सोचाइ रहेको बताए ।

उनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडालाई व्यवस्थित गरिने बताए । मन्त्री पण्डितले फोहोर व्यवस्थापनका लागि उपयुक्त प्रविधिको विकास गर्न चाहिनेजत्ति बजेट उपलब्ध गराउन आफू तयार रहेको बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रबकाशित छ ।