१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मोडमा बस दुर्घटना, ३ को मृत्यु, २५ घाइते



अ+ अ-
फायल फोटो

जाजरकोट । सुखेतको हर्रेस्थित एमाले मोडमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।

मंगलबार साँझ ५ बजे पश्चिम रुकुमको आठबिसकोटबाट नेपालगंज जादै गरेको ना ४ ख ९३१७ नम्बरको बस बिहान ४ बजेतिर गाडीको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनास्थलबाट अहिलेसम्म ३ जनाको शव भेटीदापनि शवको सनाखत भने भइसकेको छैन ।

प्रहरीका अनुसार घाइते २५ जनालाई कोहलपुर मेडिकल कलेजमा पठाएको छ भने घाइतेको उद्धारको लागि टोली परिचालन गरिएको छ । दुर्घटनामा चालक, ४ बालबलिका, ८ महिला, १३ पुरुषसहित २५ जना घाइते भएको ट्राफिक प्रहरीको भनाइ छ ।