१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ
अ अ+ अ-

–धु्रवसागर शर्मा
गलेश्वर । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए ।

कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनको कुरा काट्न थाले । सरसापट र ऋणसमेत गाउँमा पाउन नसक्ने अवस्था भयो । कसैले पत्याउन छोडे तर गुरुङले हिम्मत हारेनन् । आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट रु ७० हजार ऋण लिए । भैँसी किनेर दूध बेच्न थाले । १० वर्ष अघि एउटा भैँसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बनेका छन् ।

सबै खर्च कटाएर उनको मासिक कमाइ रु दुई लाख ५० हजारभन्दा बढी छ । विसं २०६७ मा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ पछिल्लो दश वर्षमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकका रुपमा पहिचान कमाउन सफल भए ।

गुरुङको गोठमा अहिले नौवटा दुहुना भैँसी र चार वटा गाई छन् । उनले दैनिक ६० लिटर दूध बिक्री गर्दै आएको बताए। “दैनिक ६० लिटर दूध बिक्री गरेर मासिक रु एक लाख ४४ हजार कमाइ हुन्छु”, गुरुङले भने । बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ । त्यसैगरी गुरुङले भैँसीको अलवा आधुनिक तरिकाले कुखुरापालनसमेत गरेका छन् ।

अहिले कुखुराको फार्ममा ३० हजार कुखुरा छन् । गुरुङले भने “कुखुराबाट मासिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”, कुखुराको दानालगायत अन्य पारिश्रमिक खर्च कटाउँदा मासिक रु एक लाखभन्दा बढी वचत हुने उनले जानकारी दिए । त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाएका छन् ।

गुरुङको बारिमा रहेका ५०० बढी सुन्तालाका बोटमध्ये ४०० ले फल दिन्छन भने १०० बिरुवा दुई वर्ष अघि लगाएका हुन् । सुन्तला बेचेर सिजनमा रु सात लाख कमाउने गरेका गुरुङले बताए ।गुरुङका अनुसार वार्षिक रु ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रु ३० लाख बचत हुने गरेको छ । उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन्, छोराछोरीलाई इञ्जिनीयरिङसमेत पढाएका छन् ।

“एउटा छोरालाई बायो मेडिकल इञ्जिनीयरिङ पढाएको छु”, उनले भन्नुभयोे, “एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु । “रु ७० हजारको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ”, गुरुङले भने ।

अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु उनले भने । कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए । स्थानीय दूध र दहीको बजार माग धेरै भए पनि आफूले भने जति उत्पादन गर्न नसकेको उनको भनाई छ ।

नेपालका अधिकांश मानिसको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको छ तरपनि आम्दानी गर्न नसकेको बेलामा गुरुङले मासिक रु दुईलाख ५० हजारभन्दा बढी कमाइ गरिरहेका छन् । स्वास्थ्यको हिसाबले पनि स्थानीय रैथाने गाई भैँसीको दूध राम्रो मानिन्छ ।

अहिले गुरुङ म्याग्दीका कृषकको बीचमा उदाहरणीय बनेका छन् । भैँसी, कुखुरा र सुन्ताला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ । उनी उद्यमी कृषकका रुपमा जिल्लामा चिनिन्छन् ।