२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा ‘यती’



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ । नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको भ्रमण वर्ष संयोजक सुरज वैद्यकाले बताए ।

मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । ‘संसारका धेरै देशले आफ्नो पहिचानको रुपमा मस्कटलाई प्रवर्द्धन गर्छन्,’ उनले भने, ‘हामीले यतीलाई प्रवर्द्धन गर्दैछौं ।’

यती हिममानव नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका दौरान केही आरोहीले हिमालमा यतीको पाइला देखेको बताउने गरेका छन् । संयोजक वैद्यका अनुसार यती कलाकारहरुले निर्माण गर्नेछन् ।

होटेलहरुले कलाकारलाई परिश्रमिक दिएर यस्तो मस्कट खरीद गर्न सक्ने व्यवस्था पनि गरिएको उनले बातए । मस्कटलाई कलाकारहरुले ग्राहकको इच्छाअनुसार विभिन्न मौलिक पहिचान झल्कने पेन्टिङमा सजाउने बताईएको छ ।