१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा ‘यती’



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ । नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको भ्रमण वर्ष संयोजक सुरज वैद्यकाले बताए ।

मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । ‘संसारका धेरै देशले आफ्नो पहिचानको रुपमा मस्कटलाई प्रवर्द्धन गर्छन्,’ उनले भने, ‘हामीले यतीलाई प्रवर्द्धन गर्दैछौं ।’

यती हिममानव नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका दौरान केही आरोहीले हिमालमा यतीको पाइला देखेको बताउने गरेका छन् । संयोजक वैद्यका अनुसार यती कलाकारहरुले निर्माण गर्नेछन् ।

होटेलहरुले कलाकारलाई परिश्रमिक दिएर यस्तो मस्कट खरीद गर्न सक्ने व्यवस्था पनि गरिएको उनले बातए । मस्कटलाई कलाकारहरुले ग्राहकको इच्छाअनुसार विभिन्न मौलिक पहिचान झल्कने पेन्टिङमा सजाउने बताईएको छ ।