१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

सर्वोच्चमा गोरु ब्यायो, पाँच ओटा बाछा पायो– ओली

सर्वोच्चमा गोरु ब्यायो, पाँच ओटा बाछा पायो– ओली
अ अ+ अ-

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । 

शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताउनु भयो । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ । एउटा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेर नभएको अधिकार अदालतले दुनियाँमा कहीँ सरकार बनाउने र परिवर्तन गर्ने गर्दैन । एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, ५ वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएको बताउनु भयो । उहाँले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताउनु भयो । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताउनु भयो । उहाँले अहिले भइरहेका जालझेललाई आगामी निर्वाचनबाट ध्वस्त बनाइने पनि दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएका छन् । एउटा लोकतन्त्रको पक्षमा अर्को जालझेल षड्यन्त्र, मुद्दा मामिला त्यसको पक्षमा । जाली फटाहा राजनीति एउटा, जनाधार पार्टी अर्को । राष्ट्र निर्माणको राजनीति एउटा, बिगार्ने राजनीति अर्को । देशको अर्थतन्त्र कस्तो हुँदैछ ? ध्वस्त हुँदैछ, देशको अर्थतन्त्र । हामीले दृढतापूर्वक देशको राजनीति बिग्रिन नदिन, कति बलिदान दिने, कति रगत बगाउने ? अब बलिदान दिने होइन, हामी बलिदान नदिकनका संघर्ष र निर्वाचनका माध्यमबाट नै अघि बढ्नुपर्छ । हामी सडकमा गइरहन आवश्यक छैन । हामी निर्वाचनबाट नै तह लगाउन सक्छौँ । गलत कुरा जनतालाई बताउने षड्यन्त्र भइरहेका छन् । तिनलाई चिर्ने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गर्नुभयो । उहाँलेसरकार ढालेँ भन्नेहरु अहिले अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताउनु भयो । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु  भएको छ ।