२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिटब्युरो सदस्य थापा साधारण सदस्यसमेत रहन नपाउने



अ+ अ-

काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको थियो ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ भनेर सम्बोधन गर्थे । मोहनविक्रम सिंहका मामा भएकाले उनी सबैका मामाका रुपमा चिनिन्थे ।

गुल्मी पुर्ख्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा रहँदै आएका थिए । मसालमा पार्टी अनुशासन कति कडा छ भन्ने कुरा महामन्त्री सिंहले आफ्नै मामालाई पनि निश्कासन गरेर पुष्टि गरेको मसालका एक नेताले बताएका छन् ।