१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया
अ अ+ अ-

पोखरा । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् ।

अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा इन्द्रमान महर्जनले जानकारी दिए । स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताए । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो ।

आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गर्यो । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो ।

नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा नन्द श्रेष्ठले बताए । उनका अनुसार २०४६ साल फागुन ७ गते शिलान्यास गरिएको उक्त अस्पतालको भवन २०४९ फागुन १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका हुन् ।

त्यस यता निरन्तररुपमा सेवा प्रवाह गरिरहेको अस्पतालबाट ठूलो सङ्ख्यामा सर्वसाधारणले नयाँ ज्योति प्राप्त गरेका छन् । आई केयर फाउन्डेशन, नेदरल्याण्डको सहयोगमा ७० रोपनी क्षेत्रफलमा निर्मित अस्पतालका २६ वटा भवन छन् । फाउन्डेशनले अस्पताल स्थापनापछि पाँच वर्ष पूर्णरुपमा आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन गरिदिएको थियो भने त्यस पछिका १० वर्ष सञ्चालनमा आंशिक सहयोग गरेको थियो ।

पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह (माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट) को अध्यापन गराउँदै आएको छ ।

अस्पतालले वर्षेनी स्नातक तहका लागि १७ जना र स्नातकोत्तर तहका लागि पाँच जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । विभिन्न तहमा मानव संशाधनका तालीम दिँदै आएको अस्पतालमा प्रमाणपत्र तहको नेत्र सहायक विषयको अध्यापनसमेत हुँदै आएको छ ।

अस्पतालमा हाल आठ जना डाक्टर सहित ९६ जना जनशक्तिमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ । यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ ।

फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सकलाई सम्मान गर्नेलगायतका कार्यक्रम छन् ।