१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ऋणको नाममा सोझालाई लुटुने ‘कलवार’ विरुद्द श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिको यस्तो कदम

ऋणको नाममा सोझालाई लुटुने ‘कलवार’ विरुद्द श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिको यस्तो कदम
अ अ+ अ-

श्याम परदेशी भनिने श्यामकृष्ण शाह कलवारले सर्लाही लगाएतका विभिन्न ठाँउमा विपन्न सोझसाझ, अशिक्षित,गरिब–मिमुखा व्यक्तिहरुलाई ऋण लगानी गर्ने तर क्रणको सावामा आफैले विभिन्न जालझेल गरेर सावाको १० गुणा पैसा अशुल्ने र चुक्ता भईसकेको क्रणको समेत कागज नच्यात्ने गरेपछि श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले उनी विरुद्द कडा कदम चाल्ने बताएका छन् ।

सर्लाही साविक पिपरीया गा.वि.स. स्थाई घर भई हाल मलङवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण शाह कलवारले ऋण लगानी गर्ने नाममा पिडित पक्षहरुबाट विभिन्न कारणहरु देखाउदै तथा विभिन्न प्रलोभनमा पार्दै लाखौ रुपैयाको हिनामिना गर्ने गरेको बताईएको छ ।

ऋण लिने व्यक्तिहरु अशिक्षित र गरिब–निमुखा बर्गहरु भएकाले कतिलाई त आफुले कति रकमको कागज गरेको पनि थाहा नहुने भएको कारण कलवारले मोटो रकमको कागज बनाउने तर पिडितलाई भने थोरै मात्र रकम दिने गरेको बताईएको छ । यति मात्रै हैन कलवारले सोझा–साझा गरिबको अस्मिता माथी पनि खेल्ने किसिमको प्रस्तावहरु राख्ने गरेको श्याम परदेशी पिडित संघाष समिति,सर्लाहिले बाताएको छ ।

उनले कयौलाई साँवा–ब्याज एकै पटक दाबि गर्ने र ऋणिहरुलाई आपतमा पार्ने र त्यसपछि ऋणिहरुले तिर्न नसक्न बताएपछि उनीहरुलाई घरको जवान महिलाहरुलाई आफ्नो घरमा पठाईदिनु भन्ने समेत गरेको पिडितहरु बताउछन् । कलवारले त्यस क्षेत्रमा हालसम्म कयौंलाई क्रणको नाममा यस किसिमको यातनामा पारिरहेको श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले जनाएको छ ।

कतिपय ऋणीहरुलाई ऋण–ब्याज बुझउन उनको घरमा जाँदा हातपात समेत प्रयोग गर्ने गरेको खूल्न आएको छ । कतिलाई त भनेको कुरा नमान्दाको कारण अदालतमा लेनदेनको मुद्दा हालि थुनामा समेत राखिएको समितिले बताएको छ । श्याम परदेशी पिडित संघाष समिति,सर्लाहिका अनुसार हालसम्म १५० व्यक्तिहरुले उनीबाट वास्तविक १ करोड ९ लाख ५१ हजार साँवा ऋण रहेको छ, जसमा १ करोड ४७ लाख ४ हजार तिरिसकेको छ तर कलवारको दाबी भने अझै पनि ७ करोड रुपैंया तिर्नुपर्ने रहेको छ ।

तशर्थः श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले आफुहरुमाथी अन्याय भएको भन्दै मिति २०७६ भाद्र ११ गते बुधबार दिउँसो ४–६ बजेसम्म माईतिघर मण्डलामा धर्ना बस्ने निर्णय गरेका छन् । साथै उनीहरुले प्रमुख पार्टि, गृहमन्त्री, कानुनमन्त्री तथा सभामुख समक्ष आफुहरु अन्यायमा परेको कुरालाई उठाउने बताएका छन् ।

सम्बन्धित निकायले यस विषयमा आवश्यक छानबिन गरी दिन पनि उनीहरुको माग रहेको छ ।साथै उनीहरुले क्रण लगानी कर्ताको यतिठुलो रकम तथा निजि र निजका आफ्न्तको स्वामित्वमा रहेर जायजेथा खोजबिन गरी सम्पति सुद्दीकरण, अख्तियार लगाएतका निकाय मार्फत कार्वाहिको माग पनि गरेका छन् ।