१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋणको नाममा सोझालाई लुटुने ‘कलवार’ विरुद्द श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिको यस्तो कदम



अ+ अ-

श्याम परदेशी भनिने श्यामकृष्ण शाह कलवारले सर्लाही लगाएतका विभिन्न ठाँउमा विपन्न सोझसाझ, अशिक्षित,गरिब–मिमुखा व्यक्तिहरुलाई ऋण लगानी गर्ने तर क्रणको सावामा आफैले विभिन्न जालझेल गरेर सावाको १० गुणा पैसा अशुल्ने र चुक्ता भईसकेको क्रणको समेत कागज नच्यात्ने गरेपछि श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले उनी विरुद्द कडा कदम चाल्ने बताएका छन् ।

सर्लाही साविक पिपरीया गा.वि.स. स्थाई घर भई हाल मलङवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण शाह कलवारले ऋण लगानी गर्ने नाममा पिडित पक्षहरुबाट विभिन्न कारणहरु देखाउदै तथा विभिन्न प्रलोभनमा पार्दै लाखौ रुपैयाको हिनामिना गर्ने गरेको बताईएको छ ।

ऋण लिने व्यक्तिहरु अशिक्षित र गरिब–निमुखा बर्गहरु भएकाले कतिलाई त आफुले कति रकमको कागज गरेको पनि थाहा नहुने भएको कारण कलवारले मोटो रकमको कागज बनाउने तर पिडितलाई भने थोरै मात्र रकम दिने गरेको बताईएको छ । यति मात्रै हैन कलवारले सोझा–साझा गरिबको अस्मिता माथी पनि खेल्ने किसिमको प्रस्तावहरु राख्ने गरेको श्याम परदेशी पिडित संघाष समिति,सर्लाहिले बाताएको छ ।

उनले कयौलाई साँवा–ब्याज एकै पटक दाबि गर्ने र ऋणिहरुलाई आपतमा पार्ने र त्यसपछि ऋणिहरुले तिर्न नसक्न बताएपछि उनीहरुलाई घरको जवान महिलाहरुलाई आफ्नो घरमा पठाईदिनु भन्ने समेत गरेको पिडितहरु बताउछन् । कलवारले त्यस क्षेत्रमा हालसम्म कयौंलाई क्रणको नाममा यस किसिमको यातनामा पारिरहेको श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले जनाएको छ ।

कतिपय ऋणीहरुलाई ऋण–ब्याज बुझउन उनको घरमा जाँदा हातपात समेत प्रयोग गर्ने गरेको खूल्न आएको छ । कतिलाई त भनेको कुरा नमान्दाको कारण अदालतमा लेनदेनको मुद्दा हालि थुनामा समेत राखिएको समितिले बताएको छ । श्याम परदेशी पिडित संघाष समिति,सर्लाहिका अनुसार हालसम्म १५० व्यक्तिहरुले उनीबाट वास्तविक १ करोड ९ लाख ५१ हजार साँवा ऋण रहेको छ, जसमा १ करोड ४७ लाख ४ हजार तिरिसकेको छ तर कलवारको दाबी भने अझै पनि ७ करोड रुपैंया तिर्नुपर्ने रहेको छ ।

तशर्थः श्याम परदेशी पिडित संघार्ष समिति,सर्लाहिले आफुहरुमाथी अन्याय भएको भन्दै मिति २०७६ भाद्र ११ गते बुधबार दिउँसो ४–६ बजेसम्म माईतिघर मण्डलामा धर्ना बस्ने निर्णय गरेका छन् । साथै उनीहरुले प्रमुख पार्टि, गृहमन्त्री, कानुनमन्त्री तथा सभामुख समक्ष आफुहरु अन्यायमा परेको कुरालाई उठाउने बताएका छन् ।

सम्बन्धित निकायले यस विषयमा आवश्यक छानबिन गरी दिन पनि उनीहरुको माग रहेको छ ।साथै उनीहरुले क्रण लगानी कर्ताको यतिठुलो रकम तथा निजि र निजका आफ्न्तको स्वामित्वमा रहेर जायजेथा खोजबिन गरी सम्पति सुद्दीकरण, अख्तियार लगाएतका निकाय मार्फत कार्वाहिको माग पनि गरेका छन् ।