१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहोस भएर छात्राको मृत्यु



अ+ अ-

बेझाड । विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो ।

बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा सडकमा एक्कासी ढलेर उनी बेहोस भएकी थिइन् । उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो ।

उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मेडिकल कलेजले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । छात्रा फाल दुई वर्षदेखि बेहोस भइरहने र यो महीनामा मात्र तीन पटक विद्यालयमा बेहोस भएको विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताए ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् ।