१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रदेश स्वायत्त संस्था गठन विधेयक पारित

प्रदेश स्वायत्त संस्था गठन विधेयक पारित
अ अ+ अ-

विराटनगर । प्रदेश नं–१ प्रदेशसभाकोे आजको बैठकले ‘प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

उनले उक्त विधेयकले प्रदेशको विकास र संरचना निर्माण गर्न मद्दत गर्ने बताउँदै सघन छलफलपछि आएकाले यो प्रदेशको आर्थिक तथा सामाजिक विकासमा सहयोगी हुने विचार व्यक्त गरे । केही दिनअघि सदनमा प्रस्तुत सो विधेयक सुशासन तथा योजना समितिमा बृहत् छलफलबाट अझ प्रभावकारी बनाउने प्रयास भएको प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।

सरकारी भवन अपाङ्गमैत्री बन्नुपर्ने

बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले सरकारी भवन अपाङ्गमैत्री बन्नुपर्ने माग गर्दै सम्भब भए प्रत्येक विद्यालयमा नभए एक निर्वाचन क्षेत्रमा एक सरकारी विद्यालय अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिए । सदस्य वसन्तीदेवी यादवले कृषिलाई पहिलो प्राथमिकतामा राखेर पनि किसानले पर्याप्त मल पाउन नसकेकामा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य विर्खबहादुर प्रधानले जनता आवास कार्यक्रमअन्तर्गत सबै जातजाति एवं वर्गलाई समान सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । अर्का सदस्य शिवनारायण गनगाईले अस्थायी शिक्षकले आफ्ना मागसहित मुख्यमन्त्री कार्यालय अगाडि गरिरहेको धर्ना र आन्दोलनप्रति प्रदेश सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सदस्य हिमाल कार्कीले ६५ वर्षअघि कोशी पुल बन्दा सुनसरी, उदयपुर र सप्तरीका जनताका क्षति भएको बाली र जग्गाको मुआब्जा दिलाउन प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरे । सदस्य हीराकुमार थापाले सरकारले विकासका लागि विनियोजन गरेको बजेटबाहेक विचौलियाले बीचमा चलखेल गरी योजना लैजाने स्थिति रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक भदौ १२ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकरी दिए।