• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित :राष्ट्रसंघ



संयुक्त राष्ट्रसङ्घ । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ।  खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

गत मे यता देशका करिब ८३५,००० मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । प्रभावित भएका मध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ ।

तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना  यस  पालि गरेको छ र राज्यका २००,०००  भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ ।

कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले  ६१९,००० मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४७७,००० मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २२७,००० मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

 ूआन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक  अवस्था देखिएको छ यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ। (रासस/ सिन्ह्वा)