६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

चौधरीको विश्व-काव्ययात्रा

चौधरीको विश्व-काव्ययात्रा
अ+ अ-

काठमाडौं । कवि वसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो चरण आरम्भ गर्ने भएका छन्। आफ्ना एकल कवितावाचनका माध्यमले प्रवासमा बस्ने नेपालीमाझ पुगेर उनीहरूबीच नेपाली भाषा, साहित्य र संस्कृतिको प्रचार गर्र्दै नयाँ पुस्तामा यी फाँटहरूप्रति अभिरुचिसँगसँगै जागरण समेत सञ्चार गर्ने उद्देश्यले सन् २०१२ मा अमेरिकाको न्युयोर्क सहरबाट आफ्नो विश्व–काव्ययात्राको थालनी गरेका थिए कवि चौधरीले।

यस क्रममा अमेरिकाकै विभिन्न ६ वटा सहरमा सात पटक, बेलायत, दुबई, भारतको सिक्किम, हङकङ, सिंगापुर, जापानको टोकियो, अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा एक–एक पटक गरी उनको यस विश्व काव्ययात्राका १७औं शृंखला सम्पन्न भइसकेका छन्। यसबाहेक देशभित्र पनि उनले काठमाडौं, पोखरा र रूपन्देहीलगायत सहरका विभिन्न ठाउँमा एकल कवितावाचन गरिसकेका छन्। यो उनको पहिलो चरणको विश्व–काव्ययात्रा थियो।

बीचमा आफ्नो कार्यव्यस्तताका कारण केही समय उनको विश्व–काव्ययात्राको कार्यक्रम रोकिएको थियो। तर उनको विश्व–काव्ययात्राप्रति असीम अभिरुचि राख्दै विदेशमा विभिन्न मुलुकहरूबाट विशेष अनुरोध आएकाले उनले यस वर्षबाट फेरि दोस्रो चरणको आफ्नो विश्व–काव्ययात्राको थालनी गर्ने भएका छन्।

यसअन्तर्गत ८ सेप्टेम्बर २०१९ का दिन उनको यस चरणको काव्ययात्राको आरम्भ क्यानडाको टोरन्टो सरहबाट हुँदैछ। यो उनको १८औं शृंखलाको आयोजना त्यहाँस्थित नेपाली साहित्य समाज, क्यानडाले गर्दैछ। यसको लगत्तै अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास), न्युयोर्क च्याप्टरले १९औं शृंखला अमेरिकाको न्युयोर्कमा ११ सेप्टेम्बरमा २०१९ र २०औं शृंखलाको भर्जिनियाको अन्तर्राष्ट्रिय कलाकार–मञ्च अमेरिकाले भर्जिनिया सहरमा १५ सेप्टेम्बर २०१९ मा भव्यरूपमा आयोजना गर्दैैछ।

यी तीनै स्थानमा चौधरीका नेपाली, अंग्रेजी, नेपालभाषा, तामाङ, भोजपुरी, मैथिली, हिन्दी, बंगाली र मारवाडी गरी नौ भाषामा अनुदित ‘वसन्त’ काव्यसंग्रहको पनि लोकार्पण गरिने छ।

उद्योग–व्यापारको व्यस्तताबाट समेत समय निकालेर नेपाली भाषा–साहित्यको समुत्थानमा संस्थागत तथा व्यक्तिगतरूपमा निरन्तर लागिरहेका व्यक्तित्व हुन् कवि वसन्त चौधरी। उनी भन्छन्, ‘व्यापार मेरो कर्म हो भने सिर्जना मेरो धर्म हो।’ त्यसैले उनी विश्वस्त छन्, उनको विश्व–काव्ययात्राको यो दोस्रो इनिङ्ले नेपाली साहित्यको बगैंचालाई मलजल गर्दै सुवासित फूलहरू फक्र्याउने काम गर्नेछ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।