६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

वरिष्ठ नेता पौडेल बिरामी, पार्टीको बैठक स्थगित

वरिष्ठ नेता पौडेल बिरामी, पार्टीको बैठक स्थगित
अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरामी भएपछि हिजो बुधबार आह्वान गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आफ्नो इन्डोस्कोपी गरेको र एक दिन आराम गर्न चिकित्सकले सल्लाह दिएपछि वरिष्ठ नेता पौडेलले सभापति देउवालाई बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो। बैठक आज बिहीबार पुनः बस्ने भएको छ।

आज हुने कांग्रेस बैठकमा समय सकिएका भ्रातृ संस्थाका बारेमा कसरी अधिवेशन हुन्छ भनेर नीतिगत निर्णय हुने केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रतिपक्षी दलका प्रमुख सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ।

कांग्रेसभित्र वरिष्ठ नेता उपस्थित नहुँदा बैठक स्थगित गर्ने परम्परा रहेको केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले बताउनुभएको छ। गुटउपगुटमा विभाजित कांग्रेसभित्र पौडेल पक्षले ४० प्रतिशतको भागवण्डा खोज्ने गरेको छ।

यसअघि तत्कालीन अवस्थामा सभापति सुशील कोइराला सभापति हुँदा पनि तत्कालीन वरिष्ठ नेता देउवा अनुपस्थित भएको बेला केन्द्रीय समिति बैठक स्थगित गर्ने गरिएको थियो।

बैठकमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायत भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको विधान संशोधन र मान्यता प्रदानका साथै अन्य महत्वपूर्ण निर्णय गर्ने एजेन्डा थियो। यो बैठकले खास गरी शीर्ष नेताहरूको टाउको दुखाइको विषय बनेको नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनको लफडा सुल्झाउने अपेक्षा गरिएको छ।

पटकपटक म्याद थप्दा पनि अधिवेशन हुन नसकेको नेविसंघ नेतृत्वविहीन छ।नेपाली कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघ मात्र हैन नेपाल तरुण दलको हालत पनि त्यस्तै छ। चार नेताको भरमा रहेको तरुण दलको अधिवेशन भएको वर्षौं बित्दा पनि कार्यसमितिले पूर्णता पाएको छैन।

कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेको तरुण दल माउ पार्टीजस्तै अझै संघीय संरचनामा पनि जान सकेको छैन। चौथो महाधिवेशनबाट चुनिएका चार नेताको भरमा रहेको तरुण दलको म्याद सकिन ६ महिना मात्र बाँकी छ।

विधानमा कार्यसमितिको कार्यकाल तीन वर्ष उल्लेख भए पनि कार्यसमितिले पूर्णता नपाउँदा तरुण दलको अवधि कहिलेदेखि गणना हुने भन्ने बारेमा पनि अन्योल देखिएको छ।

चौथो महाधिवेशनमा माउपार्टीभित्र रहेका चरम गुटबन्दीलाई मिलाउन तरुणदलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको भए पनि अहिले अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तरुण दल चार जना पदाधिकारी मात्र छन्।

मुलुक संघीय संरचना गइसकेको र पछिल्लो समय अन्य विधिन्न कुराहरू समेट्नुपर्ने भएकाले विधान मस्यौदा तयार पार्न महासचिवको संयोजकत्वमा समिति बनाउने भनिए पनि यो कुरा अहिलेसम्म पनि अलमलमै छ।कांग्रेसका अन्य भ्रातृ एवं शुभेच्छुक संघसंस्था पनि लथालिंग अवस्थामा छन्।

कतिपय भ्रातृ संस्थाको अधिवेशन नभएको वर्षौं बितिसकेको छ भने कतिपय संस्था अधिवेशनको दौरानमा विवादित भएर बसेका छन्। बैठकमा सरकारको पछिल्लो क्रियाकलाप बारेमा पनि कांग्रेसको धारणा ल्याउने तयारी थियो।

बुधबार बैठकमा सहभागी हुन सभापति देउवालगायत अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भइसकेका भए पनि वरिष्ठ नेता पौडेलले आफू एक दिन घरमै आराम गरेर बस्ने र आज बिहीबार मात्र आउने भनेपछि सभापतिले बैठक स्थगित गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।