६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

सरकार छोडने ‘घुर्की’ देखाउदै समाजबादी

सरकार छोडने ‘घुर्की’ देखाउदै समाजबादी
अ+ अ-

काठमाडौं। सत्तारूढ दल समाजवादी पार्टीले सरकार छोडने ‘घुर्की’ देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोडने घुर्कीलाई निरन्तरता दिएको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो । तर, अहिलेसम्म सहमति सम्बोधन हुन नसकेको उसले जनाएको छ । संविधान संशोधनलगायतका मुद्दा उठाउँदै आएको समाजवादीले सरकारमा सहभागी भएको एक वर्ष बढी समय बिते पनि न माग सम्बोधन गराउन सकेको छ, न त सरकार नै छोडेको छ । यही कारण पार्टीको आलोचनासमेत भइरहेको छ । तर, समाजवादी नेताले ‘माग सम्बोधन नभए सरकार छाड्ने’ चेतावनी दिन भने छोडेका छैनन् ।

समाजवादी महासचिव रामसहाय यादवले विगतको सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिइरहेको दावी गरे । सहमति कार्यान्वयन नभए सरकारको विषयमा पुनर्विचार गर्न सकिने उनको कथन छ ।
‘सरकारमा सहभागी भए पनि विगतको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन,’ महासचिव यादवले भने, ‘सहमति कार्यान्वयन नभए सरकारको विषयमा पुनर्विचार गर्न सक्छौं ।’यद्यपि, समाजवादी नेताले सरकारमै बसेर माग सम्बोधनका लागि दबाब दिने रणनीति बनाएका छन् ।

पार्टी पदाधिकारी बैठक बस्दै

आज बिहीबार समाजवादी पार्टी पदाधिकारी बैठक बस्दै छ । समाजवादी उपमहासचिव प्रकाश अधिकारीले बैठकमा नेताको कार्यविभाजन, समायोजन, नियमावलीलगायतका विषयमा छलफल हुने एजेन्डा तय भएको जानकारी दिए । तर, विगतको सहमतिअनुसार ‘माग सम्बोधन गराउने कि सरकार छोड्ने रु’ मुख्य मुद्दै बैठकको एजेन्डा बन्न नसक्नुले ‘सरकार छोड्ने उनीहरूको भाषण घुर्कीमात्रै हो रु’ भन्ने प्रस्ट देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरम र डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो । पार्टी एकीकरणपश्चात् बस्ने पहिलो बैठकबाट सरकार छोड्ने विषयमा निर्णय गर्ने भनिए पनि अहिलेसम्म केही निर्णय हुनसकेको छैन ।
सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा दह्रो रूपमा उठ्दै आएको छ ।

समाजवादी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्नमा सरकारले ढिलाइ गरिरहेको बताए । विगतको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकार छोड्न सक्ने उनले प्रस्ट पारे ।

‘हामी सरकारमा सहभागी हुँदै गर्दा नेकपासँग दुई बुँदे सहमति गरेका थियौं,’ सहअध्यक्ष श्रेष्ठले भने, ‘तर, त्यो सहमति अहिलेसम्म कार्यान्वयन भएको अवस्था छैन, हामी त्यो सहमति कार्यान्वयन होस् भन्ने चाहन्छौं, संशोधन प्रक्रिया अगाडि बढेन भने सरकार छोडन सक्छौं ।’

के छ त सहमतिमा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र तत्कालीन संघीय समाजवादी फोरम नेपालबीच १४ जेठ २०७५ मा दुई बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा संविधान संशोधन र दोस्रोमा फोरम सरकारमा सहभागी हुने उल्लेख थियो । सहमतिपत्रमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए । तर, एक वर्ष बित्दासमेत सहमति कार्यान्वयन पहल सुरु हुन सकेको छैन ।

‘संघीय समाजवादी फोरम नेपालले आन्दोलनक्रममा उठाएका माग र मुद्दा सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषय देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने’ उल्लेख गरिएको छ । सरकारद्वारा गर्न सकिने काम नीति तथा कार्यक्रममा समावेश गरिने सहमतिको पहिलो बुँदामा उल्लेख छ ।
दोस्रो बुँदामा ‘उपर्युक्त सहमतिका आधारमा संघीय समाजवादी पार्टी नेपाल सरकारमा सामेल हुनेछ’ भन्ने छ । त्यही सहमतिका आधारमा फोरम सरकारमा त सहभागी भयो । तर, एक वर्ष बितिसक्दा पनि पहिलो बुँदा कार्यान्वयनमा अहिलेसम्म कुनै गृहकार्य भएको छैन ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।