१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश बर्खास्ती प्रकरण : सर्वोच्चद्वारा न्यायपरिषद्लाई कारण देखाऊ आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ३८ क्विन्टल सुनकाण्डमा जागिर गुमाएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्नुको कारण देखाउन आदेश दिएको छ । न्यायपरिषद्ले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आदेश दिँदा कैफियत देखिएको भन्दै उनलाई बर्खास्त गरेको थियो । सिंहले न्यायपरिषद्, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले उनलाई के–कति कारणले बर्खास्ती गरेको हो सोको कारण देखाउन आदेश दिएको हो । सिंहको रिटले अग्राधिकार पनि पाएको छ । कारबाही भए पनि सर्वोच्चले भने उनीसहितका न्यायाधीशले दिएकै आदेश सदर गरेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै