६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

४ महिनापछि १२०० बिन्दुभन्दा तल नेप्से

४ महिनापछि १२०० बिन्दुभन्दा तल नेप्से
अ+ अ-

काठमाडौं । मंगलबार करिब ५ अंक बढेर लगानीकर्ताहरूलाई बजार बढ्ने आशा देखाएको नेप्सेले बुधबार पुनः निराश बनाएको छ । नेप्से परिसूचक यस दिन १ हजार २ सय बिन्दुभन्दा तल पुगेको छ । यस दिन नेप्से शून्य दशमलव ८५ प्रतिशत घटेर बन्द भएको छ । यसअघि गत वैशाख २ गते नेप्से १ हजार २ सय बिन्दुभन्दा तल रहेको थियो । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरिरहँदा पनि नेप्से ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका छन् ।

लाभांश संकलन गर्ने समयमा बजारमा सस्तो सेयर खरिद गर्ने मौका हुँदा पनि बजार बढ्न सकेको छैन । लगानीकर्तालाई अहिले पुँजीगत लाभकर गणना विवादले नै निरुत्साहित बनाइरहेको एक ब्रोकरले बताए । सो विवाद समाधान नभएसम्म बजारले गति नलिने उनको भनाइ छ । बजारमा अहिले खरिदकर्ताको तुलनामा बिक्रीकर्ताहरू बढी देखिन्छन् । निराश र त्रसित लगानीकर्ताले सस्तोमा सेयर बिक्री गरेका कारण बजार ओरालो लागेको एक लगानीकर्ताले बताए ।

बजार सारांश स् नेप्से परिसूचक बुधबार १० दशमलव २६ अंक घटेर १ हजार १ सय ९७ दशमलव ७५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ९९ अंक घटेर २ सय ६१ दशमलव ४० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ७८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६५ अंक घटेको छ । यस दिन १ सय ६८ कम्पनीको ५ हजार ४ सय ९० पटकको कारोबारमा ३७ करोड २४ लाख १७ हजार ६ सय ३७ रुपैयाँबराबरको १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई स् नेप्सेको १४ दिने आरएसआई यस दिन २६ दशमलव ९१ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदचापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्छ ।

एडी रेसियो स् नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २१ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६८ कम्पनीमध्ये २४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा बिहीबार नेप्से ओरालो लागे १ हजार १ सय ९१ दशमलव ९७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ८ दशमलव ५० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ८६ दशमलव १९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय १९ दशमलव २५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय २ दशमलव ७२ रहेको छ ।

सर्वाधिक कारोबार हुनेमा आरएमडिसीको संस्थापक सेयर
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो लघुवित्त कम्पनीको यस दिन १० करोड ५४ लाख ६६ हजार रुपैयाँबराबरको ३ लाख २३ हजार ५ सय २५ कित्ता सेयर खरिद–बिक्री भएको छ । कुमारी बैंकको यस दिन २ सय ८४ पटकको कारोबारमा ३ करोड ५० लाख २० हजार रुपैयाँबराबरको १ लाख ७२ हजार ४ सय ५३ कित्ता सेयर किनबेच भएको छ । एनआइसी एसियाको यस दिन ३ सय ६७ पटकको कारोबारमा ३ करोड २० लाख ९४ रुपैयाँबराबरको ७२ हजार ६ सय ८५ कित्ता सेयर खरिद–बिक्री भएको छ । यी दुवै कम्पनीले यस दिन लाभांश घोषणा गरेका कारण लगानीकर्ताहरू आकर्षित भएका हुन् ।

त्यसैगरी, प्रभु बैंकको यस दिन १ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि सान्जेन जलविद्युत् कम्पनी पहिलो स्थानमा रहेको छ भने रसुवागढी हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ । सान्जेनको यस दिन ४ सय ७८ पटक र रसुवागढीको ४ सय ६५ पटक सेयर किनबेच भएको छ ।

सबैको लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट
नेप्से ओरालो लागे पनि यस दिन कारोबारमा आएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ३६ रुपैयाँ बढेर ४ सय १ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४ प्रतिशत र हिमालयन पावर पार्टनरको ३ दशमलव ३८ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूलय वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव ९१ प्रतिशत घटेको छ । कारोबारमा आएका सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर कम्पनी, रसुवागढी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।

सबै समूहका परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ वटै समूहको परिसूचक घटेर रातो भएको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ४ प्रतिशत घटेको छ । अन्य समूहको परिसूचक यस दिन १ दशमलव शून्य २ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव शून्य २ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ८० प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।

त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३१ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव २८ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।