१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांस भू–भागमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उनको भनार्इ थियो ।

“उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले भने । हाल देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भाबना छ । बताइएको छ ।

त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।