१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सल्यानले पूर्णता पायो



अ+ अ-

सल्यान । सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।

सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।

पूर्वएमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्वमाओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कुमाख र कालीमाटीमा नेतृत्व लिने गरी सहमति भएको नेकपा जिल्ला अध्यक्ष गोविन्द पुनले जानकारी दिए।

नेकपाले शारदा नगरपालिकामा नवीनसिंह भडेल अध्यक्ष र यौव प्रकाश श्रेष्ठ सचिव, बागगचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र सचिव लोकमान बुढाथोकी, वननगाड कुपिण्डे नगरपालिकामा कृतिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जीतबहादुर चलाउने अध्यक्ष र रामबहादुर बस्नेत सचिव तथा छत्रेश्वरी गाउँपालिकामा ओझबहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्कालाई सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।

नेकपाले दार्मामा असवीर बुढाथोकी अध्यक्ष र दलबहादुर केसी सचिव, कुमाखमा चन्द्रबहादुर राना अध्यक्ष र भैरव शाह सचिव एवम् कालीमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसीलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ ।

बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुङ्गो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए। “जिल्लामा नेकपाले पूर्णता पाएको छ अब पार्टी गतिविधिले गति लिन्छ”, अध्यक्ष पुनले भने ।