१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

खेलकूद विकास समिति पदाधिकारीविहीन

खेलकूद विकास समिति पदाधिकारीविहीन
अ अ+ अ-

जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो । समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए ।

उनले भने, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ । कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ । नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौरमा बन्दै गएको ‘हाई अल्टिच्युट टेडिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताए ।

जिल्ला खेलकूद विकास समिति जुम्लाको नयाँ कार्यसमितिको अध्यक्षका लागि आठ व्यक्तिको नाम चर्चामा छन् । समितिमा पहिलो पटक महिला अध्यक्ष बनाउनुपर्ने भन्दै चन्दननाथ नगरपालिका–१ आर्चायबाडाकी सङ्गीता आचार्य खेल क्षेत्रको विकास गर्न युवा नै आवश्यक रहेको सन्दर्भमा वडा ३ बुढ्थबाडाका लक्ष्मी खत्रीको नाम चर्चामा छ ।

अर्का युवा बक्सिङ खेलाडी बालकृष्ण बुढा, वडा ८ रोकायाबाडाका कालीबहादुर रोकाया तथा पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भीम थापा र विष्णुबहादुर महतको नाम चर्चामा रहेको छ । नेकपा जिल्ला सचिव तीर्थ बुढाका अनुसार पदाधिकारीविहीन जिल्ला खेलकूद विकास समितिको अध्यक्षसहित अन्य सदस्यका लागि पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन । उनले भने, “यस विषयमा जिल्ला कार्यसमितिमा छलफलका लागि कुरा चलिरहेको छ ।”