१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना
अ अ+ अ-

नैरोबी । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि तीन करोड ९० लाख डलर लगानी भएको जानकारी दिए । केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको यो कारखाना करिब ३५ एकड जमिनमा फैलिएको छ ।

“यस कारखानाको वार्षिक उत्पादन क्षमता करिब ३५ करोडदेखि ४५ करोड थान रहेको छ,” हुआङले भने । हुआङले केन्यामा डायपरको कूल माग वार्षिक करिब ८० करोड थान रहेको छ ।
डायपर कारखानका अनुसार यस कारखानका कारण डायपर खरिद गर्न केन्याले विदेशी मुद्रा खर्चिनु पर्ने छैन । “कारखानाले स्थानीय करिब ३०० जनालाई स्थायी रोजगारीको अवसर पनि दिनेछ,” उनले भने ।

उनले आगामी तीनदेखि पाँच वर्षभित्र विदेशीको सामान्य रेखदेखमै स्थानीय कामदारले डायपर उत्पादनका सबै कामको जिम्मेवारी लिन सक्ने जानकारी पनि दिए । यसबाट केन्याली श्रमिकको क्षमता विकास गर्न पनि ठूलो मद्दत पुग्नेछ । केन्यामा चिनियाँ डायपर चीनबाटै उत्पादन भएर केन्याली बजारमा पुग्ने गर्दथे । “विगत १० वर्षदेखि हामीले केन्यामा डायपर व्यवसाय गरिरहेका थियौं, र पछिल्लो समय डायपरको मूल्य पनि २० देखि ३० प्रतिशत घटेको छ ।

डिजाइन, मूल्य र गुणस्तरको दृष्टिबाट नयाँ कारखाना निकै उपयोगी हुनेछ,” हुआङले बताए।
उच्च गुणस्तर कायम राख्न चिनियाँ लगानीकर्ताहरुले डायपर उत्पादनमा विशिष्ट उपकरणका साथै उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग गरिने हुआङले बताए । केन्या लगानी बोर्डका महाप्रबन्धक गुराचा अडीले चिनियाँ लगानीकर्ताहरुले केन्याको उत्पादन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

विदेशी लगानी आकर्षित गर्नेतर्फ केन्या सरकारले उच्च प्राथमिकता दिइरहेको छ । केन्याले सन् २०२२ को अन्त्यसम्ममा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा कारखाना क्षेत्रको हालको ८.३ प्रतिशत योगदानलाई वृद्धि गरी १५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।