१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आजको राष्ट्रियसभाको बैठकमा विशेष र शुन्य समयमा के-के भयो पढ्नुहोस्

आजको राष्ट्रियसभाको बैठकमा विशेष र शुन्य समयमा के-के भयो पढ्नुहोस्
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराएका छन् । उनले भने, “ चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद पठाई के कारणले सो क्षेत्रमा चट्याङ पर्यो, जानकारी दिनुपर्यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुपर्यो । जोगिन जनचेतनाका कार्यक्रम सञ्चालनसमेत गर्नुपर्यो ।”

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेकामा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गरे । उनले भने, “भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो ?”

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताए । उनले भने, “राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।”

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गरे । उनले भने, “सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।”

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराए । उनले भने, “प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ ? सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुपर्यो ।”

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा हो भने । उनले भने, “ भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।”

डेङ्गु नियन्त्रण गर्न माग

शून्य समयमा सांसद उदया शर्मा पौडेलले लामखुट्टेका कारण डेङ्गु रोगको प्रकोप देशभरि फैलिँदा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको काम प्रभावकारी नदेखिएको बताउँदै तत्काल लामखुट्टे नियन्त्रणका लागि ध्यान दिन आग्रह गरे ।

उनले भने, “सरकारले लामखुट्टेको टोकाइबाट जोगिन वितरण गर्न मगाएको झुल भन्सार कार्यालयमा रोकिएको छ भन्ने सुनेको छु, यो के भएको हो ? जवाफ दिनुपर्यो । जनचेतनाका कार्यक्रम ल्याउनुपर्यो ।”

सांसद खेमकुमार विश्वकर्माले नेपाल भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिँदै तीनकुनेको खुला चौरमा आकर्षक बगैँचा निर्माण गर्न सुझावसमेत दिए । सांसद चक्रप्रसाद स्नेहीले कानून सबै जनताका लागि समान हुने बताउँदै भीडतन्त्रले कानूनलाई हात लिने काम रोक्न सरकारले ध्यान दिनुपर्छ भने ।