१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१५ च्याम्पियनसिप: नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाल साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ६–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप चार गोल गरेको हो ।

राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि बिहीबार नै भारत र बंगलादेशबीच खेल हुदैछ ।

नेपालले चार खेलबाट ९ अंक बनाएको छ भने भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक मात्र छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।