२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्लासमय वातावरणमा तीज मनाऔँ: सामाजिक विकासमन्त्री बराल



अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गरेका छन् । उनले तीजप्रति आस्था राख्ने सबैले खुशियालीपूर्वक तीज मनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री बरालले पछिल्ला वर्षमा भड्किलो बनेको तीज यो वर्ष सभ्य बनेको धारणा राखे । “तीज नेपाली महिलाहरुको रमाइलो पर्व हो । यो पर्वमा आस्था राख्ने सबै रमाउन सक्नुपछ”, उनले भने । मन्त्री बरालले तीजमार्फत सकारात्मक सन्देश प्रवाह गरी समाजलाई सकारात्मक दिशामा लैजानुपर्ने बताए ।

अधिवक्ता मीना पाण्डेले सामाजिक परिवर्तनमा तीजको भूमिका महत्वपूर्ण रहेकाले चेतना फैलाउने पर्वका रुपमा यसलाई लिनुपर्ने बताए । उनले महिलाहरुको स्वतन्त्रताको प्रतीकका रुपमा रहेको तीजलाई हेर्ने दृष्टिकोण आ–आफ्नै रहे पनि सकारात्मक रुपमा लिनुपर्ने बताए ।

सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सहायक प्रमुख रीता रेग्मीले संस्कृतिको संरक्षण गर्दै विकृति–विसङ्गतिलाई हटाएर तीज मनाउन आवश्यक रहेको धारणा राखे । सञ्चारिका समूह प्रदेश ५ का महासचिव अमृता अनमोल र सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले प्रशासनले होटल पार्टी प्यालेसमा तीज मनाउन नपाउने भन्दै विज्ञप्ति जारी गर्नुले आफूखुशी चाड मनाउने अधिकारको हनन भएको टिप्पणी गरे ।

रिपोर्टर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्री, क्रियाशील महिला पत्रकार समूह रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, पत्रकार मीना ढकाल, कपिल ज्ञवाली लगायतले चाड मनाउनसमेत अङ्कुश लगाउनु गलत भएको बताउँदै सबैले स्वतन्त्रतापूर्वक चाड मनाउन पाउने वातावरण निर्माण गर्न आग्रह गरे ।