१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ
अ अ+ अ-

      
नारायणी रजौरे    
    
दाङ,  नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् ।    
    
अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।    
    
 स्थानीय व्यापारीले पनि तीजलाई लक्ष्य गरेर छिमेकी बजार तथा भारतबाट नै यस्ता सामग्री खरीद गरेको बताउँछन् । तुलसीपुर बजारमा किराना पसल गर्दै आएका ४६ वर्षीय अमन उल्लाह अन्सारीले आफू बिहानैदेखि सामान बेच्न व्यस्त रहेको बताउनुभयो ।    
    
तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने र तीज गीत प्रतियोगिता कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । तर विगतका वर्षभन्दा यस वर्ष भने जिल्लामा तीज आउन कैयौँ समय बाँकी हुँदैदेखि गरिने दर खाने कार्यक्रममा भने केही कमी आएको देखिन्छ ।    
    
 परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।    
    
 तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ ।    
    
 तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ४५ वर्षीया राधा योगीले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।    
    
 तीज आउन एक महीनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी, सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको उहाँको भनाइ थियो ।    
    
 तुलसीपुरमा साढे दुई दशकदेखि डोल्मा सिलाइकटाइ तालीम केन्द्र खोलेर एक दर्जन बढी महिलालाई रोजगारी दिएकी योगीले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्ने बताउनुहुन्छ ।    
    
 तीज पर्वलाई सहज तथा सरलरुपमा मनाउनुपर्ने बताउनुहुन्छ तुलसीपुर उद्योग वाणिज्य सङ्घकी सदस्य सपना बस्नेत भन्नुहुन्छ, “तीज आउनुभन्दा कम्तीमा तीनदिनदेखि यस्ता सरल खाले कार्यक्रम आयोजना भए राम्रो हुने थियो । ”    
    
 तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो उहाँले भन्नुभयो ।    
 तुलसीपुर उपमहानगरपालिका वडा नं ११ अश्वराकी २५ वर्षीया उर्मिला अधिकारी ढकालले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्ने गरेको बताउनुहुन्छ ।    
    
 शिक्षण पेशामा रहेकी ढकालले– परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की ४२ वर्षीया राधा पाण्डेले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बरु तीज पर्वमा चेतनामूलक, शैक्षिक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गर्ने र नारी अधिकारका सिर्जनात्मक कार्यक्रम गर्न पाएमा राम्रो हुने थियो । ”    
    
 उहाँ तीज पर्वका सकारात्मक पक्षलाई भने अनुशरण गर्नुपर्ने विचार राख्नुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य तीज पर्वको आफ्नै विशेषता र महत्व बोकेको पर्व रहेको बताउनुहुन्छ । उहाँले तीज पर्वका नाममा तडकभडक, खर्चिलो, देखासिकी, गरगहना प्रदर्शन गरेर मनाउनु गलत रहेकाले त्यसो गर्न नहुने बताउनुभयो ।    
    
 उहाँले तीज पर्वका नाममा धेरै विकृति देखिन्छ यो रोक्नुपर्छ भन्नुहुन्छ । तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्ने उहाँ भन्नुहुन्छ ।  (रासस)