१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

युवाको असन्तोष बेलैमा सम्बोधन नभए दुर्भाग्य– सहमहामन्त्री डा.महत

युवाको असन्तोष बेलैमा सम्बोधन नभए दुर्भाग्य– सहमहामन्त्री डा.महत
अ अ+ अ-

काठमााडौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल देशको युवा बर्गमा देखिएको गम्भीर असन्तोष तथा आक्रोसको सम्बोधन समयमै हुन सकेन भने यसको परिणाम गम्भीर पनि हुनसक्ने बताएका छन् ।

ग्लोबल युथ अलाइन्सद्धारा आज राजधानीमा आयोजना गरेको युवा र राजनीति विषयक विचार गोष्ठीमा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले भने– यतिखेर नेपालका युवा बर्गमा बडो आक्रोसपूर्ण असन्तोष देखिएको छ, यसको सम्बोधन समयमै भएन भने दुर्भाग्यपूर्ण हुनेछ ।

सहमहामन्त्री डा.महतले केही दिनअघिदेखि चितवनमा देखिएको युवाहरुको उपस्थितिले यो आक्रोसको अवस्था स्पष्ट देखाएकोले त्यस अभिव्यक्तिलाई देशका शासक बर्गले समयमै बुझ्नुपर्ने बताए ।

उनले भने– रवि लामिछानेको पक्राउको विषयलाई लिएर चितवनमा जम्मा भएका युवाहरु को हुन् भन्नेतिर भन्दा पनि ती नेपाली युवा हुन् र उनीहरुले स्पष्टरुपमा सरकार विरुद्धको आक्रोस र असन्तुष्टि बोलिराखेका छन् भन्ने यथार्थ बुझ्न ढिला भयो भने त्यसको तारो सरकार त बन्छ नै त्यतिमात्र नभएर यसको हानी देशको लोकतान्त्रिक व्यवस्थालाई पनि पर्न सक्ने खतरा रहन्छ ।

उनले भने– युवा बर्ग नै देश विकासको सम्बाहक हो र उनीहरुको अपेक्षा र असन्तोषको सम्बोधन भएन भने यसबाट लोकतन्त्र विरोधीले पनि फाइदा उठाउन सक्ने खतरा रहन्छ ।

तर देशको सशक्त युवा बर्गलाई अहिलेको सरकारले सम्बोधन गर्न नसक्ने धारणा डा.महतको थियो । उनले भने, कम्युनिष्ट सरकारले मानौँ कि आकासकै तारा झारिदिनेजस्तो गरी पहिला देशमा प्रोपोगान्डा मच्चायो तर अहिले देशको हालत यस्तो भएपछि युवाबर्गमा इतिहासमै सबैभन्दा चरम निराशा छाएको छ, जुन स्वाभाविकै थियो ।

देशको सिर्जनशील युवा बर्ग बेरोजगारीका कारण प्रतिदिन विदेशिदैछ तर यता सरकार भने प्रधानमन्त्री युवा स्वरोजगारका नाममा आफ्ना कार्यकर्तालाई झार उखेलेको पैसा बाँडिरहेको छ, यस्तो भएपछि युवा बर्गको भावना भड्किँदैन ? उनीहरुमा निराशा छाउँदैन ?

नेपाली काँग्रेस युवा बर्गको अस्तित्व र महत्वलाई स्वीकार गर्ने ऐतिहासिक पार्टी हो उनको भनाई थियो । विसं २००७ सालको क्रान्ति नेपाली काँग्रेसमा आबद्ध २०,२५ वर्षका युवाले हाँकेका उनले स्मरण गरे ।

विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइरालाजस्ता युवाले नेपालमा राणा शासनजस्तो जहाँनिया शासन फाल्न र प्रजातन्त्रको स्थापना गर्न लागि परेको ज्वलन्त इतिहास रहेको स्मरण गर्दै उनले भने– अहिले पनि काँग्रेस युवा बर्गको पक्षमा छ, अहिलेको कम्युनिष्ट सरकारबाट युवाको सम्मान र सम्बोधन हुन सक्दैन भन्ने यथार्थ यहाँको युवा बर्गले समयमै बुझ्नु जरुरी छ ।

वर्तमान कम्युनिष्ट सरकारको कुचक्रबाट देशमा समृद्धि कदापि सम्भव नरहेको उनको ठोकुवा थियो । कम्युनिष्ट सरकार देशले भोगिसक्यो अब भोग्न केही बाँकी छ्रैन, अझै पनि यो गर्छौँ र उ गर्छौँ भनेर भाषण गरी हिँड्नु जनता झुकाउने चालबाजी मात्र हो, सबै नेपालीले अब बुझ्न ढिला गर्यो भने जनता र देशले दुःख पाउने निश्चित छ ।

सहमहामन्त्री डा.महतले भने– स्वदेशी र विदेशी लगानी छैन, कामका लागि युवा विदेशिने क्रम झनभन्दा झन बिकराल रुपले बढ्दैछ, उद्योग धन्दा कलकारखाना खुल्ने कुरै छैन किनभने लगानीकर्ताले कानुनी शासनको अभाव भनिरहेका छन् यस्तो अवस्था आइपुग्दा पनि सरकारले अझै समृद्धिको नारा अलाप्न छोडेको छैन, जुन हास्यास्पद छ ।

उनले नेपाली काँग्रेसले आफूले गरेका काम पनि जनतासमक्ष भन्न नसक्दा अहिले यो हालत भएको जिकीर गरे । कम्युनिष्टले तिललाई पहाड बनाएर प्रचार मात्र गरे, तर हामीले आफूले गरेका काम पनि जनतालाई भन्न सकेनौँ, त्यसैले जनताले उनीहरुका प्रोपोगान्डा पत्याए ।

तर अब भने जनताले सबै कुरा बुझिसकेकोले त्यस्तो नहुने उनले बताए । अब जनताले बुझेका छन्, अर्काे चुनावलाई देखाइदिने छन् । अर्काे चुनावमा काँग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न, छेक्न नसक्ने उनको भनाई थियो । यस पक्षमा लाग्न उनले देशका समग्र युवा बर्गलाई आग्रह पनि गरे ।