१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ओयो होटल्स एण्ड होम्सद्वारा नेपालमा “ओयो लाइट” एप सार्वजनिक

ओयो होटल्स एण्ड होम्सद्वारा नेपालमा “ओयो लाइट” एप सार्वजनिक
अ अ+ अ-


काठमाडाैंः ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियाको सबैभन्दा ठूलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ ।

नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको छ र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको छ ।

८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्टि अनुभव प्रदान गर्दछ । यसलाई सार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो¥याउदै आइरहेको छ ।

ओयोले एक ट्यापमै प्रविधिमार्फत गुणस्तरीय तथा सुलभ आवास प्रदान गरिरहेको छ । यो लाइट एप ल्याउनाले यस तथ्यलाई मज्बुत बनाउछ कि ओयोमा प्रविधि गहिरो रुपमा सम्मिलित गरिएको छ र यसले सम्पूर्ण क्षेत्रमा अतिथिहरुको अनुभव बढाउन मुख्य भूमिका निर्वाह गरेको छ ।

ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत अनिल गोयलले भन्नुभयो, “ओयोमा प्रविधिमार्फत हामी अतिथिहरुलाई निर्वाध, सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गर्न प्रतिबद्ध रहेका छौं । लाइट एप यस दिशातर्फको एक कदम हो, जसले एक ट्यापमै यात्रुहरुलाई नेटवर्क र गुणस्तरीय आवासको उपलब्धताको बारेमा कुनै चिन्ता बिना अन्तिम घडिमा यात्राको योजनाहरु बनाउन समर्थन गर्दछ ।

बजेटदेखि मध्यम वर्ग खण्डका अधिकांश यात्रुहरुको मुख्य चिन्ता सुरक्षा, गुणस्तर, स्थान र मूल्य रहेको बेला ओयोले प्रविधिको संयोजनबाट र यी सब चिन्ता समाधान गरेर हरेक ठाउँमा एक उत्तम स्थान सृजना गर्न मद्दत पु¥याइरहेको छ ।

प्रयोगकर्ताले झेलिरहेको मुख्य समस्या–कनेक्टिभिटी र फोनको स्पोश वा स्टोरेज अपर्याप्तलाई समाधान गर्ने तरिकाले ओयो लाइट डिजाइन गरिएको छ । हामीले के महशुस गरेका छौं भने यो त्यस्ता यात्रुहरुका लागि निकै उपयुक्त हुनेछ जसको इन्टरनेट पहुँच कम रहेको छ र जोसँग सामान्य स्मार्टफोन रहेको छ ।”

ओयो लाइट एप ८०० केबी भन्दा कम परिमाणको छ जुन हालको ओयो एप भन्दा परिमाणमा ७% ले कम छ । ओयो लाइट हालै सार्वजनिक गरिएको हो र एन्ड्रोइड फोनमा विश्वभरका प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ ।

नेपालमा ओयो श्रृंखलामा ३३० भन्दा बढि फ्रयानचाइज्ड होटल तथा ५५०० भन्दा बढि कोठाहरु रहेका छन् । स्थानीय प्रतिभा कार्यान्वयन गरेर ओयोले निरन्तर देशभर आफ्नो पदचिन्ह फैलाइरहेको छ, साथै नेपालको अतिथि अद्योगमा अमुल्य आयाम थप्न आफ्नो प्रतिबद्धता बारम्बार दोहो¥याउदैँ आइरहेको छ ।