१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

देउवाज्यूको पहिलो इनिङ त्यति राम्रो हुन सकेन दोस्रो इनिङ शुरु भयो: धनराज गुरुङ

देउवाज्यूको पहिलो इनिङ त्यति राम्रो हुन सकेन दोस्रो इनिङ शुरु भयो:  धनराज  गुरुङ
अ अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ शुरु भएको बताउनु भएको छ ।  शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ शुरु भएको बताउनु भएको हो । उहाँले सभापति देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसकेपनि अर्धशतक हान्ने दाबी गर्नुभयो ।

उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताउनु भयो । उहाँले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताउनु भयो ।

उपसभापति गुरुङले भन्नुभयो, ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, यहाँहरुले पनि हेर्नुहोला ? क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ । पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ । हो त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसकेपनि दोस्रो इनिङ्स शुरु भयो । यसमा हामी पनि छौँ नि ब्याट्सम्यान । तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ । त्यो ठाउँमा हामी पु¥याउँछौँ । विधि बमोजिम चल्ने पार्टी बनाउँछौँ । विधान बमोजिम चल्ने पार्टी बनाउँछौँ । हामी अग्निपरीक्षामा छौँ । रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ ।’

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताउनु भयो । उहाँले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पार्नुभयो । उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रुपान्तरित र न्यायोचित ढंगले अघि बढाउने बताउनु भयो ।

उपसभापति गुरुङले भन्नुभयो, ‘पार्टी भित्र विधि र पद्धति स्थापित गर्नेहरुले फेरि भागबण्डा खोज्न थाल्यो भने हिजो जसरी ६०–४० को भागबण्डा थियो, बिलो लगाएँदा थिलोथिलो भयो । हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौँ भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ । अब हामी सबै काँग्रेसको सभापति, उपसभापति हो । त्यसको लागि काम थाल्नुपर्छ, न्यायोचित व्यवस्थापन गर्ने हो । भागबण्डा गरेर न्यायोचित व्यवस्थापन हुँदैन । रुपान्तरित गरेर लैजाने सन्दर्भमा हामीले पार्टीभित्र न्यायोचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’

उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दावी समेत गर्नु भयो ।