१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी निलम्बित, थापालाई निमित्तको जिम्मेवारी



अ+ अ-

काठमाडौं । सरकारले नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई  निलम्बन गरेको छ ।

रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहार गरेको आरोप लागेको थियो । पर्यटन मन्त्रालयकाले यस बारेमा छानबिन गर्न समिति गठन गरेलगत्तै रेग्मीलाई निलम्बन गरिएको हो । यस अघि पनि रेग्मीलाई स्पष्टिकरण सोधिएको थियो ।  

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । छानविन गर्न  गठित समितिलाई १५ दिनको समय दिइएको छ ।

रेग्मी निलम्बनमा परेपछि नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नन्दिनी थापालाई दिईएको छ ।