१३ असार २०८३, शनिबार
,
Latest
नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी निलम्बित, थापालाई निमित्तको जिम्मेवारी



अ+ अ-

काठमाडौं । सरकारले नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई  निलम्बन गरेको छ ।

रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहार गरेको आरोप लागेको थियो । पर्यटन मन्त्रालयकाले यस बारेमा छानबिन गर्न समिति गठन गरेलगत्तै रेग्मीलाई निलम्बन गरिएको हो । यस अघि पनि रेग्मीलाई स्पष्टिकरण सोधिएको थियो ।  

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । छानविन गर्न  गठित समितिलाई १५ दिनको समय दिइएको छ ।

रेग्मी निलम्बनमा परेपछि नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नन्दिनी थापालाई दिईएको छ ।