काठमाडौं । सरकारले नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।
रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहार गरेको आरोप लागेको थियो । पर्यटन मन्त्रालयकाले यस बारेमा छानबिन गर्न समिति गठन गरेलगत्तै रेग्मीलाई निलम्बन गरिएको हो । यस अघि पनि रेग्मीलाई स्पष्टिकरण सोधिएको थियो ।
पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । छानविन गर्न गठित समितिलाई १५ दिनको समय दिइएको छ ।
रेग्मी निलम्बनमा परेपछि नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नन्दिनी थापालाई दिईएको छ ।