१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सरकार असफल, व्यवस्था होइन : कांग्रेस

सरकार असफल, व्यवस्था होइन : कांग्रेस
अ अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसले सरकार आफू असफल हुँदै गर्दा व्यवस्थामाथि दोष देखाउन थालेकाे जनाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित नगर्न सरकारलाई सचेत गराएको हो।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले बिहिबारको बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा सरकार असफल बाटोमा गएको र व्यवस्थालाई दोष देखाउन खोजेको भनिएको छ। 

यसैगरी कांग्रेसले केन्द्रसँगै प्रदेश र स्थानीय तहको सरकारमा भ्रष्टाचार मौलाएको आरोप समेत लगाएको छ। वाइडबडी काण्ड, सुन काण्ड, चिनी, बालुवाटार र मेलम्ची काण्डबारे छानविन गर्न कांग्रेसले राजनीतिक प्रस्तावबाट नै माग गरेको हो।

सरकारमा बस्नेहरुमा संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको समेत कांग्रेसले ठहर गरेको छ। यसैगरी भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा समेत कांग्रेसले सरकारको शैलीको विरोध गरेको छ। उसले मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्यविधिको संशोधनलाई तत्काल सच्याउन पनि माग गरेको हो।

कांग्रेसले देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय भएकाले सरकारको निर्णयप्रति आपत्ति जनाएको राजनीतिक प्रस्तावमा भनिएको छ।

संविधान संसोधन माग
जारी बैठकमा कांग्रेसले संविधान संशोधनको समेत माग गरेको छ। आफ्ना पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा अघि बढेको र पछि रोकिएको प्रस्तावलाई फेरी अघि बढाउन माग गरेको हो। पछिल्लो सरकार बनेपछि संसोधनको विषय रोकिएको प्रति कांग्रेसले चिन्ता व्यक्त गरेको हो।

मधेस केन्द्रित दलसँग शंका
कांग्रेसले मधेस केन्द्रित राजनीतिक दलले आफूले उठाउँदै आएका माग बिर्सिएको भन्दै शंका व्यक्त गरेको छ। संविधान संसोधनको विषय मधेस केन्द्रित दलले गत निर्वाचनका विषयमा उठाएको तर निर्वाचन पछि बिर्सिएकोमा कांग्रेसले शंका व्यक्त गरेको हो। 

बैठकमा बेल्ने केन्द्रिय सदस्यहरुले प्रतिपक्षमा रहेको दलले सरकारका कमजोरी मात्रै देखाएर बस्न नहुने भन्दै दह्रो भूमिकामा उत्रनु पर्ने धारणा राखेका थिए। 

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव गरेका छन। 

बैठकमा केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका थिए।