१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु रोक्‍न सुरक्षाकर्मी !



अ+ अ-

काठमाडौं । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ। यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो।

चितवनमा नौ वर्षअघि डेंगुले महामारीको रूप लिँदा सेना र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको थियो। मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०६७ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलो पटक सेना र प्रहरीको सहयोग लिइएको सुनाए। ‘१ सय जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ’, उनले भने, ‘भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ।’ ठाउँ र परिस्थिति हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरे।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै पक्ष लागेर डेंगु नियन्त्रण गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यकर्मीका साथै आवश्यक परे सेना, प्रहरी पनि लागेर डेंगु नियन्त्रण गरौं’, मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘जो जहाँ छौं सबै मिलेर डेंगुलाई परास्त गरौं।’

मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बताइन्। ‘मन्त्रालयको जिम्मेवारी संक्रमितलाई उपचारको पाटो मात्र हो’, उनले भनिन्, ‘डेंगु नियन्त्रणको जिम्मेवारी नागरिक समाज, मिडियालगायत सबै पक्षको हो। राजनीतिक र पेसागत इच्छाशक्ति आवश्यक छ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। यही रोगबाट एक जनाको ज्यान गएको छ। ४ हजार ९ सय ६२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ। संक्रमितमध्ये सबैभन्दा धेरै सुनसरी जिल्लाका छन्। काठमाडौंमा पनि २१ जना उपचाररत रहेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले बताए।

एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। सर्च एन्ड डिस्ट्रोय अभियानअन्तर्गत विषादी छर्किने कार्यले लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न नसक्ने विशेषज्ञ बताउँछन्। ‘विषादी छर्किने कार्यले वातावरणलाई नकारात्मक असर पर्छ। लामखुट्टेको लार्भा र प्युपा नष्ट हुँदैन’, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका निर्देशक डा. यदुचन्द्र घिमिरेले भने, ‘लार्भा र प्युपा नष्ट नगरी डेंगु नियन्त्रण हुन सक्दैन।’ समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै