६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

नेपाल–चीन सैन्य अभ्यास, ४४ जना सहभागी

नेपाल–चीन सैन्य अभ्यास, ४४ जना सहभागी
अ+ अ-

काठमाडौं । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ। यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास सुरु भएको पुष्टि गरे। ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य तालिम हो’, सैनिक प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ। दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२/२२ जना सहभागी छन्। अभ्यास अवलोकन गर्न चिनियाँ जनमुक्ति सेनाको पर्यवेक्षक टोली भदौ २० मा काठमाडौं आउने स्रोतले बताएको छ। नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ।

सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्। पहिलो र दोस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित थियो। गत वर्ष असोज १ देखि १२ सम्म चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा सैन्य अभ्यास भएको थियो। महासेनानीको नेतृत्वमा दुवै मुलुकका १६/१६ जना सैनिक अधिकारी सहभागी भएका थिए। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा संयुक्त सैन्य अभ्यास भएको थियो।

एसियाली मुलुक आतंकवादीको निसानामा परेको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ। यो क्षेत्रमा आतंकवादीले गतिविधि बढाइरहेका छन्। बंगलादेशमा सन् २०१६ र श्रीलंकामा गत अप्रिलमा आतंकवादी आक्रमण भएपछि चिन्ता थपिएको छ। आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर सैनिक संगठनले द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाल–चीन सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र युरोपेली मुलुकले असहजता प्रकट गर्दै आएका छन्। नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। यसप्रति अमेरिकासहित पश्चिमा मुलुकका दूतावासका अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन्। नेपालले अमेरिकी सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आएको छ।

गत वर्ष बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको सहभागितालाई लिएर विवाद भएको थियो। त्यसपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले नेपाली सेनालाई रोकेका थिए। बिम्स्टेक सदस्य राष्ट्रबीच गत वर्ष भदौ २५ देखि ३१ गते ९सेप्टेम्बर १०–१६० सम्म भारतको पुणेमा सैन्य अभ्यास भएको थियो। प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री ओलीले नेपाली सेनालाई उक्त सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।