६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सरकारविरुद्ध कांग्रेस, सडक र सदन तताउने

सरकारविरुद्ध कांग्रेस, सडक र सदन तताउने
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनबाट प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताएको छ। दुई महिनादेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे सहमहामन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रस्तावमा सरकारविरुद्ध सशक्त आन्दोलनको खाँचो औल्याइएको छ।

‘सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको छ। सुशासन, संविधानको कार्यान्वयन, विदेश मामिला, शान्तिसुरक्षालगायतका सवालमा सरकार असफल देखिन्छ,’ प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसमाथि यतिबेला ठूलो जिम्मेवारी आएको छ, सरकारको अकर्मण्यताविरुद्ध सदन र सडक दुबैबाट दबाब दिनुपर्नेबेला आएको छ।’

सरकारप्रतिको बढ्दो असन्तुष्टिलाई लोकतन्त्रप्रतिकै असफलताका रुपमा भ्रम फैलाउन खोजिएको कांग्रेसको ठहर छ। कांग्रेसले लोकतन्त्रविरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ।

सहमहामन्त्रीले पेश गरेको दश बुँदे राजनीतिक प्रस्तावमा भ्रष्टाचार, संविधान संशोधन, मधेश मुद्दादेखि संवैधानिक निकायका अधिकारमाथि प्रधानमन्त्रीबाट भएको हस्तक्षेपबारे उल्लेख गछ।

‘नागरिकका अधिकार संकुचन गर्ने गरी सरकारले विधेयक ल्याइरहेको छ, समावेशी भर्ना प्रक्रियालाई संकुचन गर्ने काम भएको छ, अधिकारलाई केन्द्रीकृत गर्ने काम प्रधानमन्त्रीबाटै भएको छ,’ राजनीतिक प्रस्तावबारे सहमहामन्त्री महतले भने, ‘भ्रष्टाचारको संस्थागत विकास हुँदै गएको छ, संवैधानिक निकायलाई छायामा राख्दै प्रधानमन्त्रीले अधिकार आफू मातहत ल्याउने काम भएको छ, कर्मचारीतन्त्रमा राजनीतिकरण भएको छ भने आस्थाका आधारमा कर्मचारीबीच भेदभाव गर्ने काम भएको छ। यसरी राज्यव्यवस्थालाई तहसनहस पार्ने काम सरकारबाट भएको छ।’

बिहीबार बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका छन्।

केन्द्रीय कार्यसमितिको शुक्रबार बिहान ११ बस्नेछ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।