६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

डेंगु नियन्त्रण भन्दा बाहिर, डेंगुबाट कसरी बच्ने

डेंगु नियन्त्रण भन्दा बाहिर, डेंगुबाट कसरी बच्ने
अ+ अ-

काठमाडौं । डेंगु नियन्त्रणमा सरकारले केही नगरेजस्तो देखिएको छ, तर हामीले आफ्नोतर्फबाट गर्नुपर्ने कुनै काम बाँकी राखेका छैनौँ । तैपनि डेंगु नियन्त्रणबाहिर गएको छ । ढल खन्ने, तर बनाउन समय लाग्ने कारणले पनि डेंगुले फैलने मौका पाएको छ । यतिवेला हामीलाई सबैको सहयोग चाहिएको छ । हामीले हात झिकेका छैनौँ । कीट आवश्यक मात्रामा छ । अब नेपाली सेना तथा नेपाल र सशस्त्र प्रहरी परिचालन अपरिहार्य बनेको छ । डेंगुको लार्भा नै नष्ट गर्नुपर्छ । सर्वसाधारण पनि सचेत हुनुपर्नेछ । खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन, त्यसैले सबैतिर जनचेतनाको पनि खाँचो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रण गर्न असफल भएको औपचारिक घोषणा गरेको छ । बिहीबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले पछिल्लोपटक ३० वैशाखदेखि फैलिएको डेंगु नियन्त्रण गर्न नसकेको स्वीकार गरेको हो । मन्त्रालयले अब सेना परिचालन गरेर डेंगु नियन्त्रणमा लाग्ने जनाएको छ ।

प्रधानमन्त्री कार्यालय, नेपाली सेना, उपत्यकाका तीनवटै जिल्लाका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन र युनिसेफका प्रतिनिधि सहभागी बैठकले सहयोगका लागि सबैसँग अपिलसमेत गरेको छ । बैठकमा सहभागी अधिकारीहरूले पनि संकटग्रस्त ठाउँ पहिचान गरी सेना परिचालन गर्न सुझाब दिएका छन् । अब पनि अलमल गरे थप संकट ल्याउने उनीहरूले बताएका छन् ।

‘अहिलेको अवस्थाले डेंगु नियन्त्रण गर्न कठिन छ । केन्द्रबाट स्वास्थ्यकर्मीको टोली गएर डेंगु नियन्त्रण गर्न कानुनी अवरोध छ । त्यसैले सीधै सेना नै परिचालन गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘सेना परिचालन गरेर घरघरमा पठाउनुपर्छ ।’

स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले पटक–पटकको प्रयास पनि असफल भएपछि सबैको सहयोग आवश्यक रहेको बताइन् । ३० वैशाखमा धरानमा देखिएको डेंगु अहिले ४४ जिल्लामा फैलिएको छ ।

सन् २०१० मा चितवनमा गरिएको थियो सेना परिचालन
नेपालमै पहिलोपटक सन् २००४ मा झापामा डेंगु देखिएको थियो । त्यसयता क्रमशः देखिँदै आएको छ । सन् २०१० मा चितवनमा डेंगुले महामारीकै रूप लिएको थियो । पटक–पटकको प्रयासमा पनि नियन्त्रण आउन नसकेपछि सरकारले एक सय संख्यामा नेपाली सेना परिचालन गरेको थियो । सेना घरघरै गएर डेंगु नष्ट गरेको थियो ।

के हो डेंगु ?

  • यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो ।
  • एडिस एजिप्टाई र एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ ।
  • जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।
  • यो लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्छ ।
  • संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन्, यसको अन्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छ ।
  • हरेक अन्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोक्दा संक्रमण हुन्छ ।
  • पोथी जातको लामखुट्टेलाई फुल पार्न प्रचुर मात्रामा प्रोटिन आवश्यक पर्छ । त्यसैले पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछ ।
  • एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ ।
  • एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि हजरावटासम्म अन्डा पार्छ ।
  • डेंगु भाइरस चार प्रजातिका
  • डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु लागेको थाहा पाउने तरिका

  • संक्रमणकाल तीनेखि दश दिनसम्मको हुन्छ ।
  • १०२ डिग्री देखि १०३ डिग्रीसम्मको उच्च ज्वरो आउँछ ।
  • टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ ।
  • सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखा पर्दछ ।

विश्वव्यापी अवस्था

  • केही दशकदेखि विश्वभर नै डेंगुको संक्रमण अत्यधिक रूपमा बढ्दै गइरहेको छ । ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ ।
  • विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् । एक सय २८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिस यो रोगको जोखिमको क्षेत्रमा बसोवास गर्छन् ।
  • प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

नेपालमा डेंगु

  • सन् २००४ मा झापामा भेटिएको पहिलो बिरामी (विदेशी) हुन् ।
  • सन् २००६ मा तराई र भित्रीमधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
  • सन् २०१० मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगु फैलिएको थियो । यी जिल्लामा सन् २०१६, २०१७ र १८ मा पनि डेंगु फैलिएको थियो ।
  • सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुरमा महामारीका रूपमा फैलिएकोमा सुनसरीमा मात्रै तीन हजार दुई सय ६६ बिरामी भेटिएका थिए । यस वर्ष ११ भदौसम्मको तथ्यांकअनुसार चार हजार नौ सय ६२ बिरामी भेटिएका छन् ।

रोकथामका उपाय

  • पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायरमा पानी जम्न नदिने ।
  • पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने ।
  • कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
  • फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्ने ।
  • एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो पूरा बाहुला भएको वा पूरै शरीर ढाक्ने लुगा लगाउने ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने । साना केटाकेटीलाई जुनसुकै समयमा झुलभित्रै सुताउने । लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनुपर्छ ।


नयाँ पत्रिका दैनिकबाट