१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनआन्दोलनका घाइतेहरुलाई भेट्दै, आशिर्वाद लिँदै महामन्त्री विश्वप्रकाश



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरुलाई भेटेर सम्मान ब्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन शुक्रवार भक्तपुरकाे लोकन्थली पुगेर महामन्त्री शर्माले पार्टी तथा राजनीतिक परिवर्तनमा भुमिका खेलेका दुई घाइतेहरुलाई भेटेर सम्मान व्यक्त गर्नुभएको हो ।

काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरी जो तत्कालिन समयमा शंकरदेव क्याम्पसको विद्यार्थी नेता हुनुहुन्थ्यो उहाँ २०५८ सालमा माओवादीको आक्रमणमा परि मेरुदण्डको समस्या झेलिरहनुभएको छ । उहाँलाई भेटेर विश्वप्रकाश शर्माले महामन्त्री हुनुमा त्यस्ता घाइतेहरुको पनि योगदान परेको भन्दै सम्मान गर्नुभएको हो । शर्माले घाइते गिरीको घरमा पुगि खादा तथा मालाले सम्मान गर्दै आगामी दिनमा देशमा यस्तो द्वन्द्वको अवस्था आउन नदिने गरी राजनीतिमा सुधार गर्न समर्पित हुने बताउनुभयो । उहाँले कांग्रेसका सबै तहका नेताहरुले द्वन्द्वमा प्रताडना भोगेकाहरुलाई बिर्सन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको द्वन्दको कहिल्यै बिर्सन नसकिने अमिलो अध्यायको प्रतिनिधि पात्रको रुपमा दिपेन्द्रजी हुनुहुन्छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापतिदेखि महामन्त्री, उपसभापति, सदस्यहरुदेखि देशभरीका वडा वडा तहसम्मका निर्वाचित साथीहरुले कहिलेपनि के बिर्सन मिल्दैन भने दिपेन्द्रजीजस्तै द्वन्दमा अनेक ढंगले प्रताडना बेहोर्नुभएकाहरुलाई बिर्सन मिल्दैन । आज उहाँहरुको विजय भएको छ । शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्र आएको छ । र म उहाँलाई माला, खादा लगाउँदै गर्दा देशभरीका सबै द्वन्दमा त्यो प्रकारको प्रताडना बेहोरेका हरेक परिवारलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट सम्मान गर्न चाहान्छु र उहाँलाई छोएर मैले पार्टीको महामन्त्रीको रुपमा जिम्मेवारी सुरु गर्दैगर्दा उहाँलाई छोएर मैले सपथ लिदैगर्दा यो अवस्था देशमा कहिल्यै नआउनेगरी राजनीतिमा सुधार गरेर, यो व्यवस्था ठिक छ । अवस्था बदल्ने कुरामा हामी समर्पित छौँ भन्न चाहान्छु ।’

त्यसैगरी महामन्त्री शर्माले काभ्रे पुगेर ०६२÷०६३ को जनआन्दोलनमा गम्भिर घाइते हुनुभएका जनआन्दोलनको जिउँदो सहिदको रुपमा चिनिनुहुने मुकेश कायस्थलाई पनि सम्मान गर्नुभयो । मुकेश कायस्थजस्ता राजनीतिक आन्दोलनमा घाइते हुनेहरुको अनुहारले आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने भएकाले आफुले सम्मान गरेको उहाँले बताउनुभयो । उहाँले पार्टीमा इमान्दार ढंगले काम गर्ने कसम पनि खानुभयो । उहाँले भन्नुभयो – ‘मुकेश कायस्थ, अर्थात जिउँदो सहिद । मुकेश कायस्थ अर्थात् लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न रगत बगाएको योद्धा ।

मजस्तो राजनीतिकर्मीलाई आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने अनुहार । आज नेपाली कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र अनि मुकेशलाई जन्मदिने माता पितालाई छोएर सपथ खान आएको छु ।’ सो अवसरमा घाइते कायस्थका आमाबुबाले महामन्त्री शर्मासमक्ष विभिन्न राजनीतिक परिवर्तनमा सहिद हुनुहुनेको परिवार र घाइते तथा घाइतेको परिवारलाई राज्यले अपमान गर्ने गरेको बताउनुभएको थियो । जनआन्दोलनका घाइते तथा सहिद परिवारका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने उहाँहरुले माग गर्नुभएको थियो ।