१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कुसे औसी अर्थात बुवाको मुख हेर्ने दिन, के छ महत्व र महिमा



अ+ अ-

काठमाडौँ । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । त्यस मध्य पुर्णिमा र औसी पनि हुन् । औसीहरु मध्य कुशे औसी एक विशेष र महत्वपूर्ण तिथि हो । यो पुर्बिय सनातन हिन्दु परम्परा अनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ ।

आजको दिनलाई पितृ दिवस समेत भनिन्छ । बुवा दिवंगत भईसकेका छोराछोरीले भने आज राजधानीबाट झण्डै १२ किलोमिटर पूर्वतर्फ पर्ने वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई दिवंगत बुवाको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् । त्यहाँसम्म जान नसक्नेले नुवाई धुवाइगरी दिवंगत बुवाको नाममा सिधा तथा ,जलदान गर्ने प्रचलन छ । भदौ कृष्ण औसीका दिन आर्थात आजै घरघरमा पवित्र कुश भित्राएर कुशको पुजन गरिने भएकाले कुशे औसी पनि भन्ने गरिन्छ ।

आज देशभर हिन्दु धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश विशेष मन्त्रशोधन गरी घरघरमा भित्राउँदै छन् । आजको दिन बाह्मणले कुशको मुठा बनाई यजमानकहा लैजाने गर्दछन् ।