६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सचिव तीन वर्षमा सातपटकसम्म सरुवा

सचिव तीन वर्षमा सातपटकसम्म सरुवा
अ+ अ-

काठमाडौं । १५ साउनमा प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । प्रधानमन्त्रीले तालिका नै बनाएर आर्थिक वर्ष ०७६/७७ को वार्षिक कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए । मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गरे ।

तर, कार्यसम्पादन सम्झौताको मसी नसुक्दै सरकारले २ भदौमा एकैचोटि १६ सचिवको सरुवा गरेको छ । जसले सरकारको वार्षिक कार्ययोजना कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ । मन्त्रीको लहडका कारण कतिपय सचिवहरूको डेढ महिनाकै अवधिमा पनि सरुवा भएको छ । मन्त्रीले चाहँदा रहने र नचाहँदा सरुवा गर्ने प्रवृत्तिले सचिवहरूको मनोबल खस्किने गरेको छ ।

राजनीतिक नेतृत्वको स्वार्थअनुकूल काम गर्न अस्वीकार गर्दा पनि सरुवा गरिने गरिएको कतिपय सचिवहरूको आरोप छ । स्थानीय तहको चुनावताका निर्वाचन आयोगमा सचिव थिए, गोपीनाथ मैनाली । निर्वाचन खर्च कटौती गरेर मितव्ययिता अपनाउन खोज्दा सरकारले उनको सरुवा ग(यो । प्रधानमन्त्री कार्यालयमा तानेर भूमिकाविहीन बनाइयो । मैनालीले यो विषय सार्वजनिक रूपमै बोले । त्यस्तै, तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा ६ फागुन ०७५ मा खेलकुद मन्त्रालयमा सरुवा भए । त्यतिवेला उनले ‘भारतबाट ल्याइएका इलेक्ट्रिक बस चीनबाट ल्याएको भनेर प्रमाणित गर्न नमान्दा सरुवा भयो’ भन्दै गम्भीर आरोप सार्वजनिक गरे ।

स्वास्थ्य मन्त्रालयमा नौ महिनामै चार सचिव

स्वास्थ्य मन्त्रालयमा पछिल्लो नौ महिनामा चार सचिव फेरिएका छन् । गत मंसिरमा स्वास्थ्यसचिव बनेका केदारबहादुर अधिकारी माघमै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भए । वाणिज्य तथा आपूर्तिसचिव चन्द्रकुमार घिमिरे स्वास्थ्यमा तानिए । तर, घिमिरे पनि अढाई महिनाभन्दा बढी टिक्न सकेनन्, वैशाखमै महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सरुवा भए । त्यसपछि आए अर्का सचिव रामप्रसाद थपलिया । तर, २ भदौको मन्त्रिपरिषद् बैठकले उनलाई पनि युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । शिक्षासचिव खगराज बराल स्वास्थ्यमा आएका छन् ।

राजनीतिक आस्थाका आधारमा रोजेअनुसारका मन्त्रालय
कर्मचारी सरुवाको मुख्य कारण राजनीति नै हुने गरेको छ । कुनै राजनीतिक दलनिकट भएकै आधारमा सचिवहरूले आफूले रोजेअनुसारका मन्त्रालय पाएका छन् । कतिपय मन्त्रालय यस्ता पनि हुन्छन्, जहाँ राजनीतिक आस्थाविना पुग्नै गाह्रो हुन्छ । पछिल्लो समय नेकपानिकट भएकै आधारमा प्रेमकुमार राई, वैकुण्ठ अर्याल, महेश दाहाल, खगराज बराललगायतले रोजेको मन्त्रालय पाएका छन् । कतिपय सचिव यस्ता पनि छन्, जो पैसा र शक्तिका आधारमा आफूले रोजेको मन्त्रालय जान्छन् ।

संसदमा राधेश्याम अधिकारीको प्रश्न– प्रधानमन्त्रीले मन्त्रीसँग र मन्त्रीले सचिवसँग गरेको सम्झौता के मजाक हो ?
प्रधानमन्त्रीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन गरेको मसी पनि सुक्न पाएको छैन । एक महिना नपुग्दै १६ सचिवको सरुवा गरेको छ । यहाँ प्रश्न उठ्छ– एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामै सम्पन्न गरेका हुन् वा तिनले एक महिनामै आफू अक्षम भएको प्रमाणित गरे ? ती सचिव सम्बन्धित मन्त्रीको रोजाइमा परेनन् वा कार्यसम्पादन सम्झौता आफैँमा एउटा मजाक थियो ? स्थायी सरकार पनि भनिने प्रशासन यन्त्रलाई यसरी नै अस्थिर बनाउँदै जाने हो भने सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनलगायत काममा नकारात्मक असर पर्छ कि पर्दैन ? सरकारबाट जवाफको अपेक्षा गर्छु ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल भन्छन्– कम्तीमा दुई वर्ष सरुवा गर्नुहुन्न, मन्त्रीको खुसीमा सचिव राख्ने र हटाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ

सचिव सरुवा हुने भनेकै मन्त्रीसँग तालमेल नमिलेर हो । कुनै पनि मन्त्रीले चाहँदा र नचाहँदा सचिव राख्ने र फाल्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । कुनै पनि सचिव कम्तीमा दुई वर्ष एउटा कार्यालयमा रहनुपर्छ । यो अवस्थामा मात्रै सचिवको कार्यक्षमताको मापन गर्न सकिन्छ । चार–पाँच महिनामा सरुवा हुँदा सचिवले अरूले बनाएका कार्ययोजना लागू गर्नुपर्छ, आफ्नो सोचअनुसार अघि बढ्न सक्दैनन् । छिटो–छिटो सरुवाले मनोबल नै कमजोर हुन्छ, तल्ला तहका कर्मचारीले पनि टेर्दैनन् । यसले राम्रो परिणाम दिँदैन । सरुवा नै गर्ने हो भने आर्थिक वर्षको सुरुमै गर्दा सचिवले आफ्नो गतिमा काम गर्न पाउँछ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।