६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

रवि लामिछानेका पक्षमा देखिएको लहर राज्यप्रतिको आक्रोश : कांग्रेस

रवि लामिछानेका पक्षमा देखिएको लहर राज्यप्रतिको आक्रोश : कांग्रेस
अ+ अ-

काठमाडौं । चौतर्फी भ्रष्टाचार बढ्दा पनि सशक्त रूपमा आवाज उठाउन नसकेको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरूले नेतृत्वको विरोध गरेका छन् । केन्द्रीय समितिको बैठकमा पेस भएको राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरूले वाइडबडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, बुढीगण्डकी आयोजनालगायतमा व्यापक भ्रष्टाचार हुँदासमेत प्रतिपक्षीका रूपमा कांग्रेसले सशक्त आवाज नउठाएको आरोप लगाए । डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, देवेन्द्रराज कँडेल, धनराज गुरुङसहितका नेताहरूले सरकारको भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताए ।

भ्रष्टाचारविरुद्ध सदन, सडक, स्थानीय तह, प्रदेश सबैतिर कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने भन्दै आफ्नो पार्टीले जितेका स्थानीय तहमा रचनात्मक काम गर्न सुझाएका छन् । बैठकमा बलबहादुर केसी, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, कमला पन्त, धनराज गुरुङ, रामकृष्ण यादव र मोहनबहादुर बस्नेतसहितका नेताले सरकारको बेथितिविरुद्ध पार्टीलाई सशक्त बनाएर लानुपर्ने बताए ।

कांग्रेस बैठकमा किसान संघ र दलित संघको विधान पेस भएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान स्वीकृतिका लागि पेस गरेका थिए ।

सहमहामन्त्रीको राजनीतिक प्रस्तावमा के छ ?
बैठकमा सहमहामन्त्री डा। प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेस गरे । प्रस्तावमा सिंगापुरबाट मन्त्रिपरिषद् बैठक चलाइकोमा विरोध, वाइडबडीसहितका भ्रष्टाचारका विषय, संविधान संशोधन नगरेर मधेसलाई अलपत्र पारिएका विषय उठाइएका छन् । भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक चलाउँदा राष्ट्रको गोपनीयता नै भंग भएको आरोप प्रस्तावमा लगाइएको छ । उनको प्रस्तावमा स्थानीय तह, प्रदेश र केन्द्र सबैतिर भ्रष्टाचार मौलाएको विषय उल्लेख छ ।

कांग्रेस बैठकमा प्रश्न : रवि लामिछानेको पक्षमा जनलहर किन देखियो ?
कांग्रेस केन्द्रीय समितिको बैठकमा पत्रकार रवि लामिछानेको विषयले प्रवेश पाएको छ । नेता अर्जुननरसिंह केसीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको हो कि हत्या भएको भन्ने विषयलाई राज्यले प्रस्ट पार्नुपर्ने बताए । साथै, पुडासैनीको मृत्युपछि रवि लामिछानेका पक्षमा देखिएको लहर राज्यप्रतिको आक्रोश, बेथितिको विरोध र भ्रष्टाचारको विरोध भएको उनको भनाइ थियो ।

‘पत्रकार रवि लामिछानेविरुद्ध मुद्दा चलेको छ । तर, रविको पक्षमा किन यस्तो लहर देखियो ? भ्रष्टाचार, बेथितिविरुद्ध रहेका जनताले उपस्थिति देखाएका छन् । यसबारे पार्टीले बोल्नुपर्छ’, उनले भने । देवेन्द्रराज कँडेलले पनि यो विषयमा कुरा उठाए । ‘रवि लामिछानेको सन्दर्भमा त्यत्रो मास किन सडकमा ओर्लियो ? सरकार र राजनीतिक दलका नेतामाथि आमविश्वास नभएकाले, नेताले बोलेका कुरा पूरा नगर्दा यस्तो भएको हो,’ कँडेलले भने, ‘रविले मिडियामार्फत जनताको आवाज, भावना र समस्यालाई चिरफार गरे । यसैले उनीप्रति जनताले विश्वास देखाएका हुन् । हामीले यतापट्टि सोच्नुपर्छ । हामीप्रतिको जनविश्वास टुट्दै गएको छ । हामी कहिले सचेत हुने ?’

बैठकमा कसले के भने ?

हामी जनताको आशा बन्नुपर्छ : कृष्णप्रसाद सिटौला
जनताको नजर यतिखेर प्रतिपक्षीतिर पनि छ । आन्तरिक भ्रातृ संस्थाका विषय मिलाएर हामी अघि बढ्नुपर्छ । हामी जनताका आशा बन्नुपर्छ ।

गुट हटाऔँ : सुजाता कोइराला
हामी गुटगत राजनीति र टुटफुटमा लाग्दा कमजोर भएका छौँ । एकजुट र बलियो कांग्रेस भए मात्रै हामी विपक्षीलाई चुनौती दिन सक्छौँ । कम्युनिस्ट फैलने र हामी खुम्चने अवस्था आउन दिनुहुन्न ।

भ्रष्टाचारबाट जनता वाक्क छन् : अर्जुननरसिंह केसी
दलित संघको विधानले केन्द्रीय सदस्य भएपछि मात्रै पदाधिकारी लड्न पाउने र पदाधिकारी भइसकेकाले मात्र अध्यक्ष लड्न पाउने व्यवस्था ठीक छैन । भ्रष्टाचारबाट जनता वाक्क भएका छन् । तसर्थ हामीले आवाज उठाउनैपर्छ ।

आर्थिक मुद्दामा पार्टी बोल्नुपर्‍यो : डा. रामशरण महत
आर्थिक मुद्दामा पनि पार्टी बोल्नुपर्‍यो । सेयर घटेको छ । भ्रष्टाचार बढेर गएको छ । लगानी घटेर गएको छ । उत्पादन बढ्न सकेको छैन । यी कुरालाई हामी किन एजेन्डा बनाउँदैनौँ ?

व्यवस्था बचाउने जिम्मा कांग्रेसको हो : नवीन्द्रराज जोशी
सरकार सबै कब्जा गर्न उद्यत छ । सिस्टमलाई खत्तम गर्न लागेको छ । यसलाई बचाऔँ । जनतामा निराशा छ, यसलाई आशामा परिणत गराउन लागौँ ।

भ्रष्टाचारका मुद्दा किन प्राथमिकतामा पर्दैनन् : प्रदीप पौडेल
भ्रष्टाचारका विषय छरपस्ट छन् । यी विषयलाई जनताले बुझ्ने गरी प्राथमिकताकासाथ उठाउनुपर्छ । भ्रष्टाचारका केही मुद्दामा हामी डिफेन्सिभ हुँदा जनताको बीचमा आरोप पुष्टि भएको देखिन्छ । त्यसैले भ्रष्टाचारको विषयलाई जोडदार ढंगले उठाउनुपर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।