१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भक्तजनको घुइँचो

भक्तजनको घुइँचो
अ अ+ अ-

जलेश्व । कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएका स्थानीय वृजकिशोर यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि प्राण त्याग गरेको किम्वदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको घुइँचो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिनजस्तै बुबाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेका स्थानीय हेमशङ्कर यादवले बताउनुभयो ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेका स्थानीय सोनफी यादवले बताउनुभयो । बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना बुबाआमाको सम्झना गर्दै बाबु तथा आमाको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध रामचन्द्र यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएका बेला राजा दशरथको शब्दभेदी वाण लागी मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएका बेला छोरा मरेको सुनेर अन्धाअन्धीले यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । उनीहरुले धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।