• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो



अछाम । अछाम जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।

गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार आत्महत्याका घटनालाई केलाउँदा केहीले विष सेवन र धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका पाइएको छ । जिल्लामा बढ्दै गएको आत्महत्याको सङ्ख्या र आत्महत्या गर्नेको अध्ययन गर्दा लागुपदार्थको सेवन, गरीबी, घरायसी विवाद, पारिवारिक कलह, गरीबी, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिति कमजोर हुनु प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । आर्थिक अभाव हुन र घर परिवारबाट सहयोग नहुँदा पनि आत्महत्या गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।