१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाली फुटबल टिमलाई बिदाई, कुवेतलाई हराउने नेपालको लक्ष्य

नेपाली फुटबल टिमलाई बिदाई, कुवेतलाई हराउने नेपालको लक्ष्य
अ अ+ अ-

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको छ । बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए ।

यता, प्रशिक्षक योहान कालिनले तयारी राम्रो भएको बताउँदै त्यसै अनुसारको नतिजा निकाल्ने दाबी गरे । उनले भने, ‘हामिले लामो समय अभ्यास गरेका छौं । यो अवधिमा राम्रो तयारी भएको छ । हामीले हाम्रो कमी–कमजोरीलाई सुधारेका छौं । कुवेतसँग केही महिनाअघि मैत्रीपूर्ण खेल खेलेका छौं । त्यसले पनि ऊर्जा थपेको छ ।’

बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका लागि जितेर आउन शुभकामना दिए । त्यस्तै, एन्फा अध्यक्ष शेर्पाले नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताए । उनले भने, ‘हामी ऐतिहासिक दिनमा छौं । तपाईंंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । सबैले राम्रो खेलेर आउनु होला । कुवेतलाई जितेमा हामी पुरस्कारको घोषणा गर्नेछौं ।’

नेपाली फुटबल टिम

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

योपटक नियमित कप्तान विराज महर्जन भने टिममा छैनन् । उनी फिटनेसकै कारणले टिम बाहिर रहेको हो या अरू कारण छन् ? भन्ने प्रश्नमा मुख्य प्रशिक्षक कालिनले भने, ‘विराज निकै राम्रा खेलाडी हुन् । तर योपटक उनलाई टिममा राख्न सकिएन । नयाँ खेलाडी निकै राम्रा छन् ।’

नेपाली फुटबल टिम आइतबार कुवेत प्रस्थान गर्ने छ । मुख्य प्रशिक्षक कालिनले बिहीबार २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका थिए ।