१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन

पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन
अ अ+ अ-

चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ ।

दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न पिनाहरुमा रहेको ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । उनका अनुसार छ प्रकारका ढुसीको अवस्थाको बारेमा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । कुखुरालाई २० पिपीएमभन्दा कम ढुसीको मात्रा भएको दाना खुवाउनुपर्ने हुन्छ ।

त्यस्तै ३० पिपीएमसम्मकोलाई औषधि राखेर उपचार गर्न सकिन्छ भने त्यो भन्दा बढी ढुसी भएका दाना कुखुरालाई खुवाउन नहुने पोखरेलको भनाई छ । प्रयोगशालामा लाग्ने खर्चको आधा रकम महासङ्घले व्योहोर्ने र बाँकी स्वयं उद्योगले व्योहोर्ने व्यवस्था मिलाइएको छ । एउटा नमूना परीक्षणका लागि रु दुई हजार खर्च हुने गर्दछ । नारायणगढको पोल्ट्री व्यवसायी मञ्चको कार्यालयमा प्रयोगशाला स्थापना गरिएको हो ।

मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार भदौ १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको हो । हालसम्म १८ नमूना परीक्षण भइसकेको छ । नमूना सङ्कलनपछि प्रयोगशाला हेर्ने चिकित्सक बोलाएर परीक्षण गराइन्छ । डा. विष्णुहरि पोखरेलले नमूना परीक्षण गर्दै आउनुभएको बरालले जानकारी दिए ।

पशु र पक्षी दुवैको दाना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । ढुसीको मात्रा बढी भएको दाना खुवाउँदा कुखुरा मर्ने, बढ्न नसक्ने, उत्पादनमा कमी आउने भएपछि महासङ्घले दाताहरुसमेत खोजी गरी प्रयोगशाला स्थापना गरेको हो ।