१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो: युएई

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो: युएई
अ अ+ अ-

अबुधाबी । संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ ।

यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ । सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ । युएईको विदेश मन्त्रालयले गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ ।

यमनको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ । दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ ।

सरकारी फौजमाथि आक्रमण भयो : यमन

यमनको रक्षा मन्त्रालयले बिहीबार युएईको हवाई आक्रमणबाट करिब ३०० जना यमनी सुरक्षाफौजका सदस्यहरु मारिएका वा घाइते भएका जनाएको छ । एडेन र आसपासको क्षेत्रमा युएईले गरेको हवाई आक्रमणको यमनको रक्षा मन्त्रालयले भत्र्सना गरेको छ ।

एडेन र अब्यानमा गत बुधबारयता मात्र युएईले कम्तीमा १० पटक हवाई हमला गरेको थियो । यमनी सरकारी फौजमाथि साउदी अरेबिया समर्थित गठबन्धनले पनि आक्रमण गरेका छन् । यसैबीच, संयुक्तराष्ट्रसंघले यमनमा भएको पछिल्लो आक्रमणबाट कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको र कम्तीमा ७० जना घाइते भएको जनाएको छ ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले एडेनका सडकहरु सुनसान भएका र स्थानीय विमानस्थलबाट सबै उडानहरु स्थगित भएको बताए । प्रवक्ता डुजारिकले यमन संकटमा तत्कालै चार अर्ब २० करोड डलर आवश्यक रहेको बताए । यमनमा करिब दुई करोड मानिसलाई मानवीय सहायता जरुरी रहेको राष्ट्रसंघको अनुमान छ ।