१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै कांग्रेस सांसद थापा धर्नामा



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका हुन् ।

काठमाडौं ४ अन्र्तगत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छन् । तर ठेक्का लागेको लामो समय भइसक्दा पनि काम भने अझै सम्पन्न भएको छैन । पटकपटक ताकेता गर्दा पनि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले काम सकेका छैन । तर सडक विभागले फेरि म्याद थप गरेपछि सांसद थापाको नेतृत्वमा उपभोक्ता र स्थानीय सरोकारवालाले सडक विभागमा धर्ना दिएका हुन् ।

करिव एक घन्टा धर्ना दिएपछि अहिले सांसद थापासहितका प्रतिनिधि र सडक विभागका अधिकारीहरु छलफलमा बसेका छन् । कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।