१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

विदेशबाट फर्केर सामूहिक तरकारी खेती
अ अ+ अ-

गलकोट । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन् । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनी विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् ।

अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाउनु भएका कृषक रानामगरलाई साउदी बसेरै स्वदेश फर्केका सोही स्थानका रामप्रसाद पुन र अर्का शेरबहादुर श्रीसले साथ दिए । ती तीनै जनाले सामूहिकरूपमा मिलिजुली कृषि फार्म खोलेर तरकारी खेती शुरु गरेका हुन् । वार्षिक रु ४५ हजार तिर्ने गरी १८ रोपनी जग्गा भाडामा लिएर गरिएको तरकारी खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ ।

“तरकारी बेचेर कमाएको शुरुको आम्दानीले लगानी थप्नै ठिक्क भयो”, कृषक रानामगरले भने, “खेती गर्न थालेको आठ वर्षपछि बल्ल बचत गर्न थालेका छौँ ।” गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, सागलगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् ।

हालसम्म तरकारी खेतीमा रु ४० लाख लगानी भइसकेको उनले बताए । परम्परागत प्रविधिभन्दा हाइटेक प्रविधिमा दोब्बरले नाफा गर्न सकिने कृषक रानामगरको अनुभव छ । हाइटेक प्रविधिको टनेल निकै खर्चिलो भए पनि दिर्घकालीनरूपमा आम्दानी गर्न निकै सहज भएको अर्का कृषक रामप्रसाद पुनले बताए । हालसम्म झण्डै रु ४० लाख लगानी गरिसकेका उनले अबको आम्दानी पूरै बचत हुने जानकारी दिए ।

रानामगरले भने तरकारीमा आवश्यक मलका लागि कुखुरा, बाख्रा तथा बङ्गुरसमेत पाल्दै आएका छन् । अहिले सामूहिकरूपमा गरिएको तरकारी खेतीबाट वार्षिकरूपमा रु २० लाख आम्दानी गर्ने गरेको अर्का सहकर्मी श्रीसले बताए । “हामीले दुई जनालाई रोजगारीसमेत प्रदान गरेका छौँ, आवश्यकताअनुसार अन्य कामदारसमेत ज्यालादारीमा लिन्छौँ”, उनले भने, “सबै खर्च कटाउँदा रु १५ लाख बचत हुन्छ, त्यो तीन जनालाई बाँड्छौँ ।”

गिरौदीको तरकारी खेतीमा सोझै सिँचाइ कुलोको पानी थोपा सिँचाइमार्फत प्रयोग गरिँदै आएको र खर्वाङको तरकारी खेतीमा पम्पको सहायताले बडिगाड खोलाको पानी ल्याएर प्रयोग गरिँदै आएको कृषक श्रीसले जानकारी दिए । उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ ।

हालसम्म प्याक्ट कार्यक्रममार्फत रु १० लाख र बडिगाड गाउँपालिकाबाट केही रकम अनुदान प्राप्त गरे पनि प्राविधिकरूपमा कसैबाट सहयोग नपाएको कृषक रानामगरले बताए ।