१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सहयोगापेक्षी मानव व्यवस्थापन गर्न सवारी साधन हस्तान्तरण

सहयोगापेक्षी मानव व्यवस्थापन गर्न सवारी साधन हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको अवधारणा सार्थक नहुने बताए । कामपाले निजी सार्वजनिक साझेदारीमार्फत नै विभिन्न योजना अघि सारेको उनले बताए । कामपाले साझासँगको सहकार्यमा बस सञ्चालन गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यमा यो वर्ष १० एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

उनले भने, “सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि साझेदारीमा नै अघि बढेका छौँ ।” महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विकास भनेको जादुको छडी नभएको बताए । कामपाले आश्रमका लागि भाडाबापत रकम छुट्याएको र भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने उनले बताए । अध्यक्ष अधिकारीले संस्थाले सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाका लागि स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको बताए ।

संस्थाले विसं २०८२ सम्ममा शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य सहयोगापेक्षी मानवरहित राष्ट्र घोषणा गर्न लागिपरेको बताए । उनले भने, “अहिले पनि हामीले सडकबाट उद्धार गरेकालाई सामाखुशी, बूढानीलकण्ठ र सातै प्रदेशमा रहेका आश्रममा आश्रय दिइरहेका छौँ ।”

संस्थाका १३ जिल्लामा १५ वटा मानव सेवा आश्रम रहेका छन् । आश्रमले सडकबाट उद्धार गरेर ६५० जनालाई परिवारसँग पुनःमिलन गराइसकेको छ भने हाल झण्डै ८०० जना सेवा लिइरहेका छन् ।