१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्समाथि ४७ करोड विदेशी मुद्रा अपचलनको अभियोग, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्समाथि ४७ करोड विदेशी मुद्रा अपचलनको अभियोग, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
अ अ+ अ-

काठमाडौंः प्रधानमन्त्री कार्यालय मातहत राखिएको राजस्व अनुसन्धान विभागले हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्समाथि ४७ करोड ८९ लाख रुपैयाँ विदेशी मुद्रा अपचलनको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले ट्रेडर्सका मुख्य कारोबारी विनोद कुमार गुप्ता समेतले मिलोमतोमा भन्सार चोरी पैठारी समेत गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोग लगाएको छ ।

विभागका अनुसार राजस्व चहावट तर्फ हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य कारोवारी विनोद कुमार गुप्ता, हिमालयन कार्गोका प्रोपाईटर मधुकुमारी चौधरी, बनबोरी माता ट्रेडर्सका संचालक रविन्द्र गुप्ता, बनबोरी माता ट्रेडर्सका खाता संचालक एवं कारोवारी राहुल कुमार गुप्ता एवं भि.आर. ईन्टरनेशनलका संचालक विरेन्द्र गुप्ता समेतले बनबोरीमाता ट्रेडर्स प्रा.लि. तथा भि.आर. ईन्टरनेशनलको कारोवारको संचालन तथा व्यवस्थापन हिमालयन कार्गो मार्फत नेपालगंजबाट भन्सार चोरी पैठारी गरेको देखिएको छ ।

उक्त कारोबारीले भन्सार महशुल, मु.अ.कर तथा आयकर राजस्व छलि गरेको देखिएको विभागले जनाएको छ । साथै निजहरुले आपसी मिलेमतोमा संचालक रोहित अग्रवाल रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाईटर रहेको एन.आई.सि.आई ट्रेडर्स, बृजलाल रावत प्रोपाईटर रहेको पि.जी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाईटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल संचालक रहेको श्याम ट्रेडिङ्ग प्रा.लि., इश्वर दयाल हजार दुशाध प्रोपाईटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरु उल्लेखित व्यक्तिहरुका नाममा दर्ता गरी उक्त फर्महरुको कारोवार हिमालयन कार्गो मार्फत गरी उक्त फर्महरुको नामबाट मालबस्तु आयात तथा विक्री गरी मु.अ.कर विवरणमा नदेखाएको विभागको भनाई छ ।

विभागले उक्त फर्महरुले भन्सार महशुल तर्फको विगो रु. १४ करोड ९९ लाख ८० हजार (मू.अ.कर
तर्फको विगो रु. २१ करोड ५७ लाख ३६ हजार) र आयकर तर्फको विगो रु. ९ करोड ६ लाख ८६ हजार समेत गरी जम्मा राजस्व चुहावटको विगो रु ४५ करोड ६४ लाख कायम गरिएको जनाएको छ ।

प्रतिबादीहरु बिनोद कुमार गुप्ता, मधुकुमारी गुप्ता, रबिन्द्र कुमार गुप्ता, बिरेन्द्र कुमार गुप्ता र राहुल कुमार गुप्ता सहित ४ जना राष्ट्र सेवक कर्मचारी समेत १५ जना प्रतिवादीबाट विगो असुलउपर गरी निजहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) बमोजिम सजाय मागदावी गरिएको विभागको भनाई छ ।

विदेशी विनिमय तर्फ प्रतिवादीहरु विनोद कुमार गुप्ता, रविन्द्र गुप्ता, विरेन्द्र गुप्ता, राहुल कुमार गुप्ता, मधुकुमारी चौधरीले आपसी मिलेमतोमा हिमालयन कार्गोबाट कारोवारको व्यवस्थापन गर्ने गरी बनबोरीमाता ट्रेडर्स प्रा.लि. नामक कम्पनी संचालक रविन्द्र गुप्ताको नाममा बैंक खाता खोली एभरेष्ट बैंकमा उक्त फर्मको खाता संचालक रविन्द्र गुप्ता र राहुल कुमार गुप्ता (विनोद कुमार गुप्ता र मधुकुमारी चौधरीको छोरा) को नामबाट संचालन हुने प्रवन्ध गरी सो बैंकबाट सामान आयातका लागि भारतका विभिन्न कम्पनीहरुलाई मालबस्तु आयात नगरी विदेशी विनिमय अपचलन गरेको देखिएकोले प्रतिवादीहरुले बनबोरी माता ट्रेडर्स प्रा.लि. मार्फत मालबस्तु आयात गर्ने प्रयोजनार्थ रकम विदेश पठाएको पाइएको छ ।

उक्त कार्यबापत सामान आयात नगरी ने.रु. २ करोड २४ लाख ९९ हजार बराबर विदेशी मुद्रा नेपाल बाहिर पुर्याई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसूर गरेको देखिदा निजहरु उपर सोही ऐनको दफा १७(१) बमोजिम निजहरुले मालबस्तु आयातका लागि विदेश पठाएको तर मालबस्तु आयात नगरी विदेशी विनिमय अपचलन गरेको रु. २ करोड २४ लाख ९९ हजारलाई नै बिगो कायम गरिएको छ ।

विभागले विगो सहित कैद जरिवाना पनि माग गरेको जनाएको छ ।