१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन: सभापति पोखरेल

रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन: सभापति पोखरेल
अ अ+ अ-

– नारायण न्यौपाने
काठमाडौँ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भने ।

उनले भने, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर यस विषयमा समिति गम्भीर हुनुुपर्छ । अदालतले नै कर निर्धारण गर्दा गलत अभ्यास स्थापित हुने हो कि सभापतिज्युु, यसमा चासो राख्नु पर्यो, सीमा के हो ?” अदालतबाट भइरहेका फैसलामा एकरूपता नभएको हो वा एकै प्रकृतिका मुद्दामा फरक फरक आदेश आएको भन्ने कोणबाट बैठकमा सदस्यले जिज्ञासा राखेका थिए ।

अदालतको निगरानी गर्ने एवं आदेशमाथि प्रतिक्रिया जनाउने कार्य शक्तिपृथकीकरणको सिद्धान्त विपरित हुन्छ, कानूनको व्याख्या गर्ने अन्तिम निकाय भनेको अदालत नै हो भन्नेमा समिति पूर्ण सचेत रहेको बताउँदै समितिका सभापति कृष्णभक्त पोखरेलले भने, “यद्यपि अदालतसँग जोडेर जनताले गरेका जिज्ञासा र सरोकारका विषयलाई भने गम्भीरतापूर्वक लिएर आगामी बैठकमा छलफल गरिने छ ।”

कानून, न्याय तथा मानवअधिकार समिति हुनुुको नाताले समितिको क्षेत्राधिकारभित्र उठेका विषयलाई गम्भीर चासोका रूपमा समितिले हेर्नुुपर्ने सदस्यहरुको सल्लाह रह्यो । समग्र न्यायका विषय संविधान अनुकूल र जनताको पक्षमा भएको छ कि छैन, न्यायको अनुुभूति जनताले गरेका छन् वा छैनन् भन्ने विषयमा संसदीय समितिमा हुने छलफल नै सुधारका लागि प्रयाप्त हुने र थप निर्देशन नै दिइरहनु नपर्ने समितिको ठम्याई छ ।

स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने किसिमबाट संसद् र संसदीय समितिमा कुनै छलफल नहुने भएकाले रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन भन्दै सभापति पोखरेलले संसद् र ससदीय समितिमा चासो लिएर अध्ययन भइरहेको विषयले अदालतलाई बलियो बनाउने तर्क गरे।

बैठकपछि राससको जिज्ञासामा उनले भने, “तर रचनात्मक सुुझाव दिँदा अदालतले आफूलाई कमजोर भएको महसूुस गर्न हुुन्न, बलियो हुन सहयोग पुुगेको अनुुभूति गर्नुपर्छ ।” समितिले प्रमाण ऐन, २०३१ मा नेपाल सरकारले ल्याएको संशोधनमा राष्ट्रियसभाले दिएको सुुझावसमेतलाई आधार बनाएर संविधान, नजीर र अन्तर्राष्ट्रिय नवीनतम अभ्यास अनुकूल रहे नरहेको विषयमा गम्भीरतापूर्वक अध्ययन गर्ने जानकारी दिएको छ ।

“राष्ट्रिय सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्ने र दृष्टिकोण बनाएर कसरी अघि बढने भन्ने विषयमा आगामी बैठकमा छलफल गरौँ, हामी सबैलाई मनमा लागि रहेको विषय सांसद गौतमले प्रतिनिधिपात्रको रूपमा धारणा राख्नुुभएको हो”, सभापति पोखरेलले भने ।

खासगरी मृत्युुकालीन घोषणा, अदालतले अनुमान गर्ने, अदालत आफैँले जानकारी लिन पाउने जस्ता विषयमा के कस्तो समयसापेक्ष सुधार गर्ने भन्नेबारेमा आगामी दिनमा बृहत् छलफल गरिने छ । अदालतको फैसला अध्ययन गर्न सकिन्छ, न्याय व्यवस्था कस्तो छ भन्ने विषय समितिको कार्यक्षेत्र भित्र नै भएकोले भइरहेको फैसलाका सम्बन्धमा दृष्टिकोण बनाउन जानकारी लिने विषयलाई संविधान र कानूनले कहीँ कतै नरोकेको उनले प्रष्ट पारे ।

कारागारभित्र रहेको मानवअधिकारको अवस्थाको निगरानी कार्यको निकट भविष्यमै शुरुआत गर्ने पनि समितिले जनाएको छ । यसअघि बैठकमा समितिका सदस्य देवप्रसाद गुरुङ र लक्ष्मणलाल कर्णले एनसेलसम्बन्धी विषय र कारागारभित्र रहेको मानवअधिकारको अवस्थाबारे समितिमा गहन छलफल गरी एउटै धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।